Pixel wave advertisement

'चितवनमा भारतीय कन्टेनरबाट ४४३ किलो गाँजा बरामद, दुई भारतीय नागरिक पक्राउ'

मंसिर ५, २०८३

चितवनमा भारतीय कन्टेनर गाडीमा लुकाएर ल्याइएको ४४३ किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

Advertisement

राप्ती नगरपालिका–१ लोथरस्थित प्रहरी चेकिङ पोइन्टमा बिहीबार बिहान प्रहरीले चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो ।

Advertisement

इलाका प्रहरी कार्यालय भण्डारा र अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको संयुक्त प्रहरी टोलीले हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको एनएल ०१०७७९२ नम्बरको भारतीय कन्टेनर जाँच गर्ने क्रममा चालक सिटपछाडिको क्याबिनमा फल्स बटम बनाई लुकाइएको अवस्थामा गाँजा फेला पारेको हो ।

Advertisement

प्रहरीले गाँजासहित कन्टेनर चालक भारतको वैशाली जिल्ला, ग्राम चर्खाजेका २४ वर्षीय सत्यम कुमार र सहचालक वैशाली जिल्लाकै बाबन घाटका २० वर्षीय रौनक कुमारलाई पक्राउ गरेको जनाएको छ ।

बरामद गरिएको गाँजा र पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

पृथ्वी राजमार्ग दैनिक ५ घण्टा बन्द हुने, बिहान ११ देखि दिउँसो ४ बजेसम्म आवागमन रोकिने

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदी पक्राउ

चितवनमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

एनपीएल फाइनलको टिकट नपाएपछि दर्शक आक्रोशित, टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’

कानुनमन्त्री सोबिता गौतमसँग फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट

प्रधानमन्त्री बालेनको भारत भ्रमण कार्यतालिका सार्वजनिक, सोमबार मोदीसँग भेटवार्ता हुने

विदेश र अन्तरजिल्लामा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिने तयारीमा निर्वाचन आयोग

भारत ‘ए’विरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने, सन्दीपले जिते टस