Pixel wave advertisement

'कानुनमन्त्री सोबिता गौतमसँग फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट'

मंसिर ५, २०८३

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग नेपाल भ्रमणमा रहेकी फ्रान्स–नेपाल संसदीय मैत्री समूहकी अध्यक्ष बेट्रिस पिरोन, उपाध्यक्ष ग्राजिएला मिल्सोर र नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जाले शिष्टाचार भेट गरेका छन् ।

Advertisement

मन्त्री गौतमले फ्रान्समा पछिल्ला दिनमा भएका प्रदर्शनका घटनाबारे चिन्ता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । भेटका क्रममा फ्रान्सेली प्रतिनिधिमण्डलले नेपालमा भएको प्राकृतिक विपद्को घटनाप्रति समवेदना व्यक्त गरे ।

Advertisement

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय संसदसँग सम्पर्क गर्ने मन्त्रालय भएकाले भेटमा नेपाल र फ्रान्सका संसदीय प्रक्रिया र अभ्यासबारे अनुभव आदानप्रदान भएको सचिवालयले जनाएको छ ।

Advertisement

त्यस क्रममा कानुन निर्माणमा सांसदहरूले गर्ने प्रविधिको प्रयोग र विधेयक स्वीकृतिका लागि संसदमा अपनाइने कार्यविधिबारे दुवै पक्षबीच छलफल भएको मन्त्री गौतमको सचिवालयले जनाएको छ ।

फ्रान्सेली प्रतिनिधिमण्डलले नेपालको राजनीतिक परिवर्तनमा महिलाहरूले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको पनि प्रशंसा गरेको छ ।

भेटमा दुवै पक्षले नेपाल र फ्रान्सबीचको द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउँदै आपसी समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त भएको बताइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

पृथ्वी राजमार्ग दैनिक ५ घण्टा बन्द हुने, बिहान ११ देखि दिउँसो ४ बजेसम्म आवागमन रोकिने

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदी पक्राउ

चितवनमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

एनपीएल फाइनलको टिकट नपाएपछि दर्शक आक्रोशित, टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’

प्रधानमन्त्री बालेनको भारत भ्रमण कार्यतालिका सार्वजनिक, सोमबार मोदीसँग भेटवार्ता हुने

विदेश र अन्तरजिल्लामा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिने तयारीमा निर्वाचन आयोग

भारत ‘ए’विरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने, सन्दीपले जिते टस

नेप्से ७.३८ अंकले घट्यो, कारोबार रकम ३ अर्ब ८८ करोड