Pixel wave advertisement

'प्रधानमन्त्री बालेनको भारत भ्रमण कार्यतालिका सार्वजनिक, सोमबार मोदीसँग भेटवार्ता हुने'

मंसिर ५, २०८३

भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ ।

Advertisement

प्रधानमन्त्री शाह यही मंसिर ६ र ७ गते भारत भ्रमणमा जाँदैछन् । भ्रमणका क्रममा नयाँ दिल्लीमा हुने उनको कार्यतालिकाबारे भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फ जानकारी गराएको हो ।

Advertisement

विदेश मन्त्रालयका अनुसार, आइतबार दिउँसो सवा ३ बजे उनी नयाँ दिल्ली पुग्नेछन् । लगत्तै सोही दिन उनले भारतीय विदेशमन्त्री डा। एस जयशंकरसँग भेटवार्ता गर्नेछन् ।

Advertisement

उक्त भेटवार्ता आइतबार साँझ ६ बजे होटल ताजमहलमा हुने विदेश मन्त्रालयले जनाएको छ । त्यसबाहेक आइतबारका लागि प्रधानमन्त्री शाहको अन्य भेटघाट वा कार्यक्रम तय भएको छैन ।

उनले सोमबार बिहान १० बजे राष्ट्रपति कार्यालयमा औपचारिक स्वागत एवं भेटघाट गर्नेछन् । त्यस्तै, सोही दिन उनले राजघाटस्थित समाधिस्थल पुगेर श्रद्धाञ्जली व्यक्त गर्नेछन् ।

लगत्तै, उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । उक्त भेटवार्ता हैदरावाद हाउसमा हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

त्यस्तै, मध्यान्ह १२ बजेर २५ मिनेटमा प्रधानमन्त्री शाह र समकक्षी मोदीबीच सहमति र सम्झौता आदानप्रदान एवं संयुक्त पत्रकार सम्मेलनको कार्यतालिका तय भएको छ ।

सोही दिन दिउँसो सवा ३ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रोपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् । राष्ट्रपति निवासमा हुने उक्त भेटघाटपछि दिउँसो ४ बजेर ५० मिनेटमा प्रधानमन्त्री शाह दिल्लीबाट नेपाल फर्कने कार्यतालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

पृथ्वी राजमार्ग दैनिक ५ घण्टा बन्द हुने, बिहान ११ देखि दिउँसो ४ बजेसम्म आवागमन रोकिने

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदी पक्राउ

चितवनमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

एनपीएल फाइनलको टिकट नपाएपछि दर्शक आक्रोशित, टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’

कानुनमन्त्री सोबिता गौतमसँग फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट

विदेश र अन्तरजिल्लामा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिने तयारीमा निर्वाचन आयोग

भारत ‘ए’विरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने, सन्दीपले जिते टस

नेप्से ७.३८ अंकले घट्यो, कारोबार रकम ३ अर्ब ८८ करोड