Pixel wave advertisement

'चितवनमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते'

मंसिर ५, २०८३

चितवनमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

Advertisement

चितवनको राप्ती नगरपालिका–१ महादेवटारस्थित सडकमा रोकी राखेको मधेश प्रदेश ०३–००२ ख २८३४ नम्बरको ट्रकमा बा।प्र।०२–०४७ प ८०३३ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो ।

Advertisement

उक्त दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–२ बस्ने ३० वर्षीय अतिज श्रेष्ठको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

पृथ्वी राजमार्ग दैनिक ५ घण्टा बन्द हुने, बिहान ११ देखि दिउँसो ४ बजेसम्म आवागमन रोकिने

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदी पक्राउ

एनपीएल फाइनलको टिकट नपाएपछि दर्शक आक्रोशित, टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’

कानुनमन्त्री सोबिता गौतमसँग फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट

प्रधानमन्त्री बालेनको भारत भ्रमण कार्यतालिका सार्वजनिक, सोमबार मोदीसँग भेटवार्ता हुने

विदेश र अन्तरजिल्लामा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिने तयारीमा निर्वाचन आयोग

भारत ‘ए’विरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने, सन्दीपले जिते टस

नेप्से ७.३८ अंकले घट्यो, कारोबार रकम ३ अर्ब ८८ करोड