चितवनमा जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले चितवन राष्ट्रिय निकुञ्जको सहकार्यमा माडी नगरपालिका–९ निवासी २९ वर्षीय गिराज प्रजालाई पक्राउ गरेको हो।
कर्तव्य ज्यान कसुरमा चितवन जिल्ला अदालतबाट २० वर्ष कैद सजाय तोकिएका प्रजा चितवन जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका थिए। उनी २०८२ भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए।
प्रहरीले उनलाई २०८३ मंसिर ३ गते पक्राउ गरी आवश्यक कारबाहीका लागि पुनः चितवन जिल्ला कारागार बुझाएको जनाएको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0