Pixel wave advertisement

'स्थानीय र प्रदेश निर्वाचन प्रविधिमैत्री बनाउन दलहरूको जोड, एकैपटक निर्वाचन गर्नेबारे पनि छलफल'

मंसिर ५, २०८३

राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शिर्ष नेताहरूले अगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।

Advertisement

शुक्रवार निर्वाचन आयोग आयोजित छलफल कार्यक्रममा बोल्ने क्रममा शिर्ष तहका नेताहरूले स्थानीय र प्रदेश तहको निर्वाचनसँगै अगामी दिनमा हुने सबै प्रकारका निर्वाचनलाई क्रमशस् प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका हुन् ।

Advertisement

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दल राष्ट्रिय ९रास्वपा०का प्रवक्ता जगदीश खरेलले निर्वाचन आयोगले आसन्न निर्वाचनको तयारीका सम्बन्धमा दलहरूलाई ब्रिफिङ गरेको जानकारी दिए ।

Advertisement

‘निर्वाचनको कुनैपनि क्रियाकलाप हुँदा संविधानको भावनाविपरित हुनुहुँदैन भन्ने कुरामा सबै दलहरू सहमत हुनुभएको छ । त्यसकारण संवैधानिक, आर्थिक, प्राविधिक र राजनीतिक पाटोबाट राष्ट्रिय र राजनीतिक सहमतिको आधारमा निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेकुरामा सबैको जोड छ । यो कुरामा दलहरूबीच सहमति हुनुको साथै आयोगलाई समेत, स्वतन्त्र निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने भन्ने कुरा भएको छ,’ खरेलले भने ।

उनले स्थानीय तह र प्रदेश तहको निर्वाचन एकै समयमा गर्न सकिने सम्भावनाको सम्बन्धमा समेत छलफल भएको बताए ।

निर्वाचनलाई निष्पक्ष, भयरहित र धाँधलीरहित बनाउन दलहरूले आयोगलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको समेत उनले बताए । उनका अनुसार छलफलमा निर्वाचनमा उम्मेदवारले गर्ने खर्च घटाउन आवश्यकताका आधारमा संविधान एवं कानूनमा सुधार गर्नुपर्नेमा आयोगले जोड दिएको समेत बताए ।

‘निर्वाचन आयोगले प्रदेश र स्थानीय तहको निर्वाचन एउटै मितिमा गर्ने कि फरक फरक मितिमा गर्ने भन्ने बारेमा राजनीतिक सहमति गर्नुस् भन्ने कुरा गर्नुभएको छ । अब राजनीतिक दलका संयन्त्रहरूबीच छलफल गरेर मिति तय होला,’ उनले भने ।

उनले प्रवासमा रहेका नेपाली नागरिकलाई समेत अगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनमा मताधिकार दिनुपर्ने कुरा राखेको समेत बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

पृथ्वी राजमार्ग दैनिक ५ घण्टा बन्द हुने, बिहान ११ देखि दिउँसो ४ बजेसम्म आवागमन रोकिने

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदी पक्राउ

चितवनमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

एनपीएल फाइनलको टिकट नपाएपछि दर्शक आक्रोशित, टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’

कानुनमन्त्री सोबिता गौतमसँग फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट

प्रधानमन्त्री बालेनको भारत भ्रमण कार्यतालिका सार्वजनिक, सोमबार मोदीसँग भेटवार्ता हुने

विदेश र अन्तरजिल्लामा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिने तयारीमा निर्वाचन आयोग

भारत ‘ए’विरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने, सन्दीपले जिते टस