महोत्तरीमा एक महिलाको शव फेला परेको छ ।
शुक्रबार बिहान गौशाला नगरपालिका–१ सानो कुशमाडीस्थित उखुबारीमा स्थानीय ६५ वर्षीया विणामाया पुलामीको शव फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मधुसुदन विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार, बिहिबार घाँस काट्न निस्केकी विणामाया शुक्रबार बिहान मृत फेला परेका हुन् । शवको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
‘गम्छाले घाँटी कसेको जस्तो देखिन्छ । सुक्ष्म अनुसन्धान थालेका छौं,’ प्रहरी निरीक्षक विश्वकर्माले भने ।
उनका अनुसार, घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर घटनास्थलमा परिचालन गरिएको छ ।
‘प्रहरीको तालिम प्राप्त कुकुर पनि घटनास्थलमा परिचालन गरिएको छ,’ उनले भने ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0