Pixel wave advertisement

'विचौलियासँग कुराकानी गरेको अडियो झुटो भएको एआईजी मनोज केसीको खण्डन'

मंसिर ५, २०८३

नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउन विचौलियासँग आफूले कुराकानी गरेको भन्ने शीर्षकमा सार्वजनिक भएको अडियो तथा समाचार पूर्णतः झुटो, भ्रामक र तथ्यहीन भएको भन्दै खण्डन गरेका छन् ।

Advertisement

‘आईजीपी हटाउन एआईजी मनोज केसी सक्रिय रहेको सनसनीपूर्ण अडियो सार्वजनिक’ भन्ने शीर्षकमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्रीप्रति आपत्ति जनाउँदै केसीले उक्त अडियो संवादमा आफ्नो नाम र तस्वीर जोडेर बदनियतपूर्ण ढंगले चरित्रहत्या गर्ने प्रयास गरिएको बताएका छन् ।

Advertisement

केसीका अनुसार नारायण भण्डारी नाम गरेका व्यक्तिसँग आफ्नो कुनै चिनजान, सम्पर्क तथा भेटघाट छैन । उनीसँग टेलिफोन संवादसमेत नभएको उनको दाबी छ । कुनै चिनजान नै नभएको व्यक्तिसँग जोडेर आफ्नो आवाज भन्दै काल्पनिक सम्बन्ध स्थापित गरी अपुष्ट तथा तथ्यहीन सामग्री सार्वजनिक गरिएको उनको भनाइ छ ।

Advertisement

उनले आफ्नो व्यक्तिगत तथा व्यावसायिक जीवनमा कसैप्रति आग्रह, पूर्वाग्रह वा द्वेषभाव राख्ने, विचौलियागिरी गर्ने, आर्थिक लेनदेन तथा अनियमितता र गैरकानुनी गतिविधिमा संलग्न हुनेजस्ता कार्य पूर्णतः अस्वीकार्य रहेको बताएका छन् । आफ्नो विगतको कार्यशैली र कार्यसम्पादनले समेत उक्त कुरा पुष्टि गर्ने उनको दाबी छ ।

हाल अपराध अनुसन्धान विभाग, नक्साल काठमाडौंमा कार्यरत रहेका केसीले नेपाल प्रहरीले अनुसन्धान गर्ने कसुरहरूको अनुसन्धानलाई समयसापेक्ष सबल र प्रभावकारी बनाउन आवश्यक नीति तथा योजना निर्माण, निर्देशन कार्यान्वयन, सहजीकरण र स्रोतसाधन व्यवस्थापनलगायतका जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गरेका छन् ।

आफू पेशाप्रति निष्ठावान्, कर्तव्यप्रति इमानदार र व्यावसायिक रूपमा जवाफदेही प्रहरी अधिकृत भएको उल्लेख गर्दै उनले सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत तथा व्यावसायिक प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्य राखेको आरोप लगाएका छन् ।

केसीले उक्त अडियो तथा समाचारमा उल्लेख गरिएका विषयवस्तु वस्तुनिष्ठ प्रमाणसहित पुष्टि गर्न सम्बन्धित व्यक्ति तथा सञ्चारमाध्यमलाई चुनौतीसमेत दिएका छन् । पर्याप्त अध्ययन, अनुसन्धान र तथ्य जाँच नगरी अपुष्ट सामग्री प्रकाशन तथा प्रसारण गर्नु खोजमूलक पत्रकारिताको मर्मविपरीत भएको उनको भनाइ छ ।

२०८३ कार्तिक १७ (नोभेम्बर ३) दिउसो २ः५४ मा आईजीपी हटाउने खेलमा एआईजी मनोज केसी सकृय रहेको अडियो सार्वजनिक भएको समाचार संञ्चार माध्यम लगाएत समाजिक संज्जालमा छताछुल्ल रुपमा सार्वजिनिक भएको विषय सिम्रिक आवाज डटकम अनलाईन समाचारको समाजिक संञ्जाल फेसबुक, टिकटक र युट्युब प्लेटफर्म मार्फत पनि सार्वजनिक गरेको थियो । त्यसको भोली पल्ट कार्तिक १८ गते सरकारले मन्त्रिपरिषदको निर्णयबाट आईजी दान बहादुर कार्कीलाई हटाएर दोस्रो नम्बरका एआईजी राजन अधिकारीलाई समेत नदिई तेस्रो नम्बरका  एआईजी डा. मनोज कुमार केसीलाई नेपाल प्रहरी प्रमुखमा नियुक्त गरेको थियो ।

२०८३ कात्तिक १७ गते  सिम्रिक आवाज डटकमको सामाजिक संञ्जाल र अन्य संञ्चार माध्यमका सामाजिक संञ्जालमा प्रकाशित  सामग्रीमा उल्लेख गरिएका सम्पूर्ण आरोप तथा विषयवस्तुहरू अस्वीकार गर्दै समाचारको सत्यता पुष्टि गर्न सम्बन्धित संचार माध्यमलाइ खुला चुनौती दिएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

पृथ्वी राजमार्ग दैनिक ५ घण्टा बन्द हुने, बिहान ११ देखि दिउँसो ४ बजेसम्म आवागमन रोकिने

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदी पक्राउ

चितवनमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

एनपीएल फाइनलको टिकट नपाएपछि दर्शक आक्रोशित, टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’

कानुनमन्त्री सोबिता गौतमसँग फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट

प्रधानमन्त्री बालेनको भारत भ्रमण कार्यतालिका सार्वजनिक, सोमबार मोदीसँग भेटवार्ता हुने

विदेश र अन्तरजिल्लामा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिने तयारीमा निर्वाचन आयोग

भारत ‘ए’विरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने, सन्दीपले जिते टस