Pixel wave advertisement

'लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ'

मंसिर ५, २०८३

महोत्तरीमा लागुऔषध गाँजासहित पक्राउ परेर कारागारमा रहेका बेला फरार भएका एक प्रतिवादी पक्राउ परेका छन्।

Advertisement

पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–११ निवासी ३१ वर्षीय रंगलाल स्याङ्तान रहेका छन्। उनलाई मिति २०८३ मंसिर ४ गते लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले बर्दिबास नगरपालिका–१ बाट पक्राउ गरेको हो।

Advertisement

प्रहरीका अनुसार स्याङ्तानलाई २०८२ जेठ २६ गते ४० किलो गाँजा र ईभी कारसहित पक्राउ गरिएको थियो। महोत्तरी जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि जिल्ला कारागार महोत्तरी, जलेश्वरमा राखिएको अवस्थामा उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेर फरार भएका थिए।

Advertisement

फरार भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो। उनलाई अहिले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

पृथ्वी राजमार्ग दैनिक ५ घण्टा बन्द हुने, बिहान ११ देखि दिउँसो ४ बजेसम्म आवागमन रोकिने

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदी पक्राउ

चितवनमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

एनपीएल फाइनलको टिकट नपाएपछि दर्शक आक्रोशित, टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’

कानुनमन्त्री सोबिता गौतमसँग फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट

प्रधानमन्त्री बालेनको भारत भ्रमण कार्यतालिका सार्वजनिक, सोमबार मोदीसँग भेटवार्ता हुने

विदेश र अन्तरजिल्लामा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिने तयारीमा निर्वाचन आयोग

भारत ‘ए’विरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने, सन्दीपले जिते टस