Pixel wave advertisement

'धादिङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु, चालकसहित ९ जना घाइते'

मंसिर ५, २०८३

धादिङमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित ९ जना घाइते भएका छन्।

Advertisement

शुक्रबार राति करिब १ः५५ बजे धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङस्थित लापाबाट बोराङतर्फ जाँदै गरेको बा।प्र।०२०३३ च ७१६९ नम्बरको बोलेरो उकालो बाटोमा अनियन्त्रित भई करिब ४०० मिटर तल सडकमा खसेको हो।

Advertisement

दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

दुर्घटनामा चालकसहित ९ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर र अन्यको अवस्था मध्यम रहेको छ। गम्भीर घाइते हुनेमा ११ वर्षीय आमोष तामाङ, ३३ वर्षीया मिजोङ तामाङ र बोलेरो चालक डम्बर तामाङ रहेका छन्।

घाइते सबैलाई उपचारका लागि स्वास्थ्य चौकी बोराङ पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

पृथ्वी राजमार्ग दैनिक ५ घण्टा बन्द हुने, बिहान ११ देखि दिउँसो ४ बजेसम्म आवागमन रोकिने

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदी पक्राउ

चितवनमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

एनपीएल फाइनलको टिकट नपाएपछि दर्शक आक्रोशित, टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’

कानुनमन्त्री सोबिता गौतमसँग फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट

प्रधानमन्त्री बालेनको भारत भ्रमण कार्यतालिका सार्वजनिक, सोमबार मोदीसँग भेटवार्ता हुने

विदेश र अन्तरजिल्लामा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिने तयारीमा निर्वाचन आयोग

भारत ‘ए’विरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने, सन्दीपले जिते टस