तरकारी काट्ने चक्कुको प्रहारबाट एकजनाको मृत्यु भएको छ ।
शनिबार राति ९ बजे थानकोटमा यस्तो घटना भएको हो ।
खरिबोटमा डेरा गरी बस्ने महोत्तरीका ३८ वर्षीय समी अहमदले घरायसी विवादका क्रममा सालो नाता पर्ने २२ वर्षका जाकिर मन्सुरीको हत्या गरेका हुन् । जिल्ला प्रहरी परिसर, भद्रकालीले जनाएअनुसार तरकारी काट्ने चक्कु प्रहार गरी मन्सुरीको हत्या भएको हो ।
उपचारका क्रममा सतुङ्गलस्थित मिड पोईन्ट अस्पतालमा मन्सुरी मृत घोषित भएका हुन् । हत्या अभियोगी समी अहमद प्रहरी वृत्त, थानकोटको नियन्त्रणमा छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0