'दाङमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना: एकको मृत्यु, तीन जना घाइते'

१४ घण्टा अगाडि

दाङमा आइतबार छुट्टा छुट्टै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार अमेलियाबाट तुलसीपुरतर्फ आउँदै गरेको लु।०२–००२प २४८६ नम्बरको मोटरसाइकल अमिलिया नजिकै दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

आइतबार बिहान राप्ती राजमार्ग अन्तर्गत अमिलियादेखि २ किलोमिटर नजिकै अनियन्त्रित भएको भएको मोटरसाइकल सडकबाट पाँच मिटर तल खस्दा चालक तुलसीपुर–७ रामनगरका २३ वर्षीय नोखिराम केसीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएपछि डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार सल्यानको बागचौर नगरपालिका–११ वाफुखोलाका २१ वर्षीय वीरेन्द्रकुमार खड्का घाइते भएका छन ।

घाइते खड्काको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । आइतबार दिउँसो एक बजेतिर तुलसीपुर गुल्मचोकनेर दुई वटा एक आपसमा मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीका अनुसार तुलसीपुर हात्तिखौवाबाट बजारतर्फ जाँदै गरेको रा २ प ८००८ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको रा ३ प ९९ नम्बरको मोटरसाइकल गुल्मचोकमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा दुवै मोटरसाइकल चालक घाइते भएका छन् । पराजुलीका अनुसार रा २ प ८००८ नम्बरको मोटरसाइकल चालक घोराही–१७ का १७ वर्षीय अनिल पुन र रा ३ प ९९ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–७ का १७ वर्षका लक्ष्मण गिरी घाइते भएका छन ।

घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सुन्धारा कारागारबाट जन्मकैद सजाय पाएकी महिला मध्यराति फरार

जङ्गली च्याउ खाँदा दुई बालबालिकाको मृत्यु, एकको अवस्था गम्भीर

विश्व कीर्तिमानी लाक्पा शेर्पाले ११औँ पटक सगरमाथा चढिन्

कामीरिता शेर्पाले ३२ औँ पटक सगरमाथा आरोहण गर्दै विश्व कीर्तिमान तोडे

सिरहामा लुकाएर राखिएको २७६ किलो गाँजा बरामद

मुस्ताङबाट ठूलो परिमाणमा चाइनिज भेप बरामद, तीन जना पक्राउ

दुई दिनमै सुन तोलामा ८ हजार ५ सय रुपैयाँले घट्यो

मेयरद्वारा शिक्षक कुटिएको आरोपपछि रौतहटका शिक्षक आन्दोलित