'दुई दिनमै सुन तोलामा ८ हजार ५ सय रुपैयाँले घट्यो'

२१ घण्टा अगाडि

सुनको भाउ ओरालो लागेको छ ।

दुई कारोबार दिनमै सुन प्रतितोला ८ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा आज ४ हजार ५ सय रुपैयाँले सुनको भाउ घटेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै बिहीबार ३ लाख २ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । बिहीबारयता सुनको भाउ तोलामा ८ हजार ५ सय रुपैयाँ घटेको हो ।

चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ३९० रुपैयाँमा सुनको कारोबार भएकोमा आज ५ हजार ६० रुपैयाँमा झरेको छ । बिहीबार ५ हजार ७४५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

दाङमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना: एकको मृत्यु, तीन जना घाइते

सुन्धारा कारागारबाट जन्मकैद सजाय पाएकी महिला मध्यराति फरार

जङ्गली च्याउ खाँदा दुई बालबालिकाको मृत्यु, एकको अवस्था गम्भीर

विश्व कीर्तिमानी लाक्पा शेर्पाले ११औँ पटक सगरमाथा चढिन्

कामीरिता शेर्पाले ३२ औँ पटक सगरमाथा आरोहण गर्दै विश्व कीर्तिमान तोडे

सिरहामा लुकाएर राखिएको २७६ किलो गाँजा बरामद

मुस्ताङबाट ठूलो परिमाणमा चाइनिज भेप बरामद, तीन जना पक्राउ

मेयरद्वारा शिक्षक कुटिएको आरोपपछि रौतहटका शिक्षक आन्दोलित