'मुस्ताङबाट ठूलो परिमाणमा चाइनिज भेप बरामद, तीन जना पक्राउ'

२२ घण्टा अगाडि

मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठूलो मात्रामा चाइनिज भेप (इलेक्ट्रिक चुरो) बरामद भएको छ ।

सशस्त्र प्रहरीको टोलीले शुक्रबार राति ५९० कार्टुन भेप र दुई वटा कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा धादिङको धुनीबेशी नगरपालिका–१ बस्ने सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ बस्ने फुन्चुदोर्जे तामाङ र उनका साथी सोही गाउँपालिका–३ बस्ने पासाङ शेर्पा रहेका छन् ।

ना ६ ख ४७४३ र ना५ख ७९२१ नम्बरको कन्टेनरमा कोरोला नाका हुँदै काठमाडौंतर्फ ल्याउँदै गरेको भेप सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको कन्टेनरमा भेपसहित २५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा र १५ के।जी। खाली कार्टुन बक्स (सामान प्याक गर्ने प्रयोग गरिने बक्स) समेत रहेको छ ।

पक्राउ गरिएका व्यक्तिहरुलाई प्रहरीलाई र सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको सशस्त्रका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

दाङमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना: एकको मृत्यु, तीन जना घाइते

सुन्धारा कारागारबाट जन्मकैद सजाय पाएकी महिला मध्यराति फरार

जङ्गली च्याउ खाँदा दुई बालबालिकाको मृत्यु, एकको अवस्था गम्भीर

विश्व कीर्तिमानी लाक्पा शेर्पाले ११औँ पटक सगरमाथा चढिन्

कामीरिता शेर्पाले ३२ औँ पटक सगरमाथा आरोहण गर्दै विश्व कीर्तिमान तोडे

सिरहामा लुकाएर राखिएको २७६ किलो गाँजा बरामद

दुई दिनमै सुन तोलामा ८ हजार ५ सय रुपैयाँले घट्यो

मेयरद्वारा शिक्षक कुटिएको आरोपपछि रौतहटका शिक्षक आन्दोलित