'कामीरिता शेर्पाले ३२ औँ पटक सगरमाथा आरोहण गर्दै विश्व कीर्तिमान तोडे'

२२ घण्टा अगाडि

कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औंपटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

५६ वर्षीय कामिरिताले आज ९१७ मे २०२६० बिहान १०:१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

उनी ‘एभरेष्ट म्यान’को उपनामले चिनिन्छन् । सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान उनकै नाममा छ ।

‘३२ औं पटक सफल आरोहणपछि कामिरिता र उनको टोली अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा छन्,’ सेभेट समिट ट्रेक्सले फेसबुकमा लेखेको छ, ‘उनको सुरक्षित अवतरणको कामना गर्दै काठमाडौँमा उनको भव्य स्वागतको तयारी गरिँदैछ ।’

सन् १९९४ देखि सगरमाथा आरोहणको यात्रा सुरु गरेका कामिरिताले सन् २०२६ सम्म आइपुग्दा पर्वतारोहणको क्षेत्रमा अद्वितीय र अतुलनीय सफलता हासिल गरिसकेका छन् । उनलाई नेपालको राष्ट्रिय गौरव मात्र नभई विश्व पर्वतारोहण समुदायकै एक सर्वोत्कृष्ट प्रतीकको रुपमा लिइन्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

दाङमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना: एकको मृत्यु, तीन जना घाइते

सुन्धारा कारागारबाट जन्मकैद सजाय पाएकी महिला मध्यराति फरार

जङ्गली च्याउ खाँदा दुई बालबालिकाको मृत्यु, एकको अवस्था गम्भीर

विश्व कीर्तिमानी लाक्पा शेर्पाले ११औँ पटक सगरमाथा चढिन्

सिरहामा लुकाएर राखिएको २७६ किलो गाँजा बरामद

मुस्ताङबाट ठूलो परिमाणमा चाइनिज भेप बरामद, तीन जना पक्राउ

दुई दिनमै सुन तोलामा ८ हजार ५ सय रुपैयाँले घट्यो

मेयरद्वारा शिक्षक कुटिएको आरोपपछि रौतहटका शिक्षक आन्दोलित