'मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै'

२ महिना अगाडि

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइका लागि जिल्ला सरकारी वकिल कार्यालयको पत्र प्रहरीले प्राप्त गरेको छ ।

काठमाडौंका प्रहरी प्रमुख एसएसपी रमेश थापाले भर्खरै जिल्ला सरकारी वकिलको कार्यालयको पत्र प्राप्त भएको नेपाल प्रेसलाई बताए ।

उनका अनुसार अब जिम्मा जमानी बस्ने मानिस बोलाएर दुवैजनालाई रिहाइ गरिने छ ।

जेन्जी आन्दोलन घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी कसुरमा उनीहरूलाई पक्राउ गरिएको थियो । तर, मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि उनीहरूलाई छाड्न लागिएको हो ।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गौरी बहादुर कार्की आयोगको छानविन भन्दै गृहमन्त्रीको निर्देशनमा प्रहरीले गत १४ गते दुवैजनालाई पक्राउ गरेको थियो ।

सर्वोच्चले उनीहरूविरूद्ध मुद्दा दायर गर्न वा २६ गतेसम्ममा छोड्न आदेश दिएको थियो । प्रहरी र महान्यायाधीवक्ता कार्यालयबीच मुद्दा दायर नगर्ने सहमति जुटेको जनाइएको छ ।

प्रहरीले गत १४ गते दुवैजनालाई पक्राउ गरेको थियो । लेखक प्रहरी हिरासतमा छन् भने ओली गम्भीर स्वास्थ्य समस्याका कारण टिचिङ अस्पतालमा भर्ना छन् । ओलीको पत्थरीको शल्यक्रिया गर्न चिकित्सकले सुझाएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

रास्वपाले महाधिवेशन तयारी तालिका सार्वजनिक गर्‍यो, असार ७ देखि चितवनमा प्रथम महाधिवेशन

बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न सरकारद्वारा समिति गठन

छोरा भेट्न सिड्नी पुगेकी नेपाली महिलाको विमानस्थलमै निधन

सवारी दर्ता रोक्काले नेपाल भित्रिसकेका गाडीबारे व्यवसायी अन्योलमा

रवि लामिछाने भारत भ्रमणमा जाने

बुद्ध पब्लिक स्काउट दलद्वारा हाईकिङ तथा प्राथमिक उपचार तालिम सम्पन्न

तालिममा बेहोस ६ जना शस्त्र प्रहरीलाई उपचारका लागि काठमाडौं ल्याइँदै

अमेरिकाविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल