'छोरा भेट्न सिड्नी पुगेकी नेपाली महिलाको विमानस्थलमै निधन'

२० घण्टा अगाडि

छोरा भेट्ने नेपालबाट अस्ट्रेलियाको सिड्नी पुगेकी एक ५५ वर्षीया नेपाली महिलाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमै निधन भएको छ।

अस्ट्रेलियन समयअनुसार, शुक्रबार बिहान सिड्नी विमानस्थल आइपुग्ने क्रममा अचानक बेहोस भएकी ठूली कान्छी तामाङको त्यहीँ निधन भएको हो ।

काठमाडौंको सुकेधारा निवासी तामाङ आफ्ना श्रीमानसँगै अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यअन्तर्गत पर्ने वागा वागामा बस्ने छोरा राजु तामाङलाई भेट्न त्यहाँ पुगेकी थिइन् । प्राप्त जानकारीअनुसार, विमान अवतरण भएलगत्तै विमानस्थलमा उनी अचानक अचेत भएर ढलेकी थिइन् ।

अचेत भएर ढलेलगत्तै विमानस्थलमा रहेको मेडिकल टोलीले तत्कालै सीपीआर लगायतका प्राथमिक उपचार दिएर बचाउने प्रयास गरे पनि उनको निधन भएको हो ।

घटनालगत्तै स्थानीय प्रहरीले वागा वागामा रहेका छोरा राजुलाई यस घटनाको जानकारी गराएको थियो।

शव नेपाल लैजान गैरआवासीय नेपाली संघ ९एनआरएनए० अस्ट्रेलिया लगायतको सहयोगमा गो फन्ड मीबाट रकम जुटाइएको छ । गो फन्ड मीमा १५ हजार अस्ट्रेलियन डलरको लागि सहयोग आह्वान भएकोमा ४४४ जनाले १६ हजार २५१ अस्ट्रेलियन डलर डोनेट गरेका छन् ।

रकम जुटाएसँगै शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल पठाउने तयारी भइरहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

रास्वपाले महाधिवेशन तयारी तालिका सार्वजनिक गर्‍यो, असार ७ देखि चितवनमा प्रथम महाधिवेशन

बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न सरकारद्वारा समिति गठन

सवारी दर्ता रोक्काले नेपाल भित्रिसकेका गाडीबारे व्यवसायी अन्योलमा

रवि लामिछाने भारत भ्रमणमा जाने

बुद्ध पब्लिक स्काउट दलद्वारा हाईकिङ तथा प्राथमिक उपचार तालिम सम्पन्न

तालिममा बेहोस ६ जना शस्त्र प्रहरीलाई उपचारका लागि काठमाडौं ल्याइँदै

अमेरिकाविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रतिनिधिसभा अवरुद्ध, बैठक १५ मिनेटका लागि स्थगित