'रवि लामिछाने भारत भ्रमणमा जाने'

२१ घण्टा अगाडि

सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।

भारत सरकारको निमन्त्रणमा नै भ्रमण कार्यक्रम बनेको रास्वपा स्रोतले बताएको छ ।

रास्वपाले निर्वाचनमा भारी बहुमत ल्याएर बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपश्चात दुई देशबीच उच्चस्तरीय भ्रमणहरू भएका छैनन् । भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण रद्द भएको थियो भने नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण पनि स्थगित भएको छ । खनाल आउँदो जेठ १८ गते ‘बिग क्याट अलाइन्स’ को सम्मेलनमा भाग लिन नयाँ दिल्ली जाने तयारीमा थिए । तर, उक्त सम्मेलन नै स्थगित भएपछि खनाल रोकिएका हुन् ।

रास्वपा स्रोतका अनुसार भारतीय विदेश मन्त्रालयले सभापति लामिछानेलाई दुई दिनको भ्रमणका लागि निम्तो दिएको छ । सभापति लामिछाने पनि जेठ १८ कै आसपास भारत जाने तयारी रहेको स्रोतले बतायो । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

नयाँ सरकार गठनपश्चात दुई देशबीच आपसी सम्वन्ध चिसिन थालेको चर्चाबीच सभापति लामिछानेको यो भेटलाई महत्वका साथ हेरिएको छ । भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो दिएको थियो ।

तर, अहिलेसम्म प्रधानमन्त्रीको भारत भ्रमण तय भइसकेको छैन । विगतमा जस्तै नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतमै गराउन मोदी सरकार आतुर छ । तर, प्रधानमन्त्री शाह भने आवश्यकताका आधारमा जुन देशमा पनि भ्रमण गर्न सकिने मनस्थितिमा रहेका छन् ।

शाहको भारत भ्रमणकै ताकेताका लागि मोदीले विदेश सचिवलाई नेपाल पठाउन खोजेका थिए । तर, प्रधानमन्त्री शाहको भेट नपाउने भएपछि भ्रमण रद्द गरिएको थियो । प्रधानमन्त्री शाहले विदेशमन्त्रीभन्दा तलका विदेशी दूतलाई अत्यावश्यक अवस्थामा बाहेक नभेट्ने प्रोटोकल बनाएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

रास्वपाले महाधिवेशन तयारी तालिका सार्वजनिक गर्‍यो, असार ७ देखि चितवनमा प्रथम महाधिवेशन

बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न सरकारद्वारा समिति गठन

छोरा भेट्न सिड्नी पुगेकी नेपाली महिलाको विमानस्थलमै निधन

सवारी दर्ता रोक्काले नेपाल भित्रिसकेका गाडीबारे व्यवसायी अन्योलमा

बुद्ध पब्लिक स्काउट दलद्वारा हाईकिङ तथा प्राथमिक उपचार तालिम सम्पन्न

तालिममा बेहोस ६ जना शस्त्र प्रहरीलाई उपचारका लागि काठमाडौं ल्याइँदै

अमेरिकाविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रतिनिधिसभा अवरुद्ध, बैठक १५ मिनेटका लागि स्थगित