'रास्वपाले महाधिवेशन तयारी तालिका सार्वजनिक गर्‍यो, असार ७ देखि चितवनमा प्रथम महाधिवेशन'

१८ घण्टा अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको तयारीका लागि विभिन्न चरणका कामहरूको समयसीमा निर्धारण गरेको हो ।

रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुँदैछ ।

स्वीकृत कार्यतालिकामा ७७ वटा जिल्ला र ७ वटै प्रदेशमा निर्वाचन समिति गठनदेखि लिएर महाधिवेशन प्रतिनिधिको नामावली संकलनसम्मका कामहरू समेटिएका छन् ।

जिल्ला तथा ७ प्रदेशमा निर्वाचन समिति गठन गर्ने कार्य जेठ ७ गतेदेखि सुरू भई जेठ १५ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ । त्यसैगरी, आधिकारिक परिपत्र तथा माइन्युट प्रतिलिपि पठाउने कार्य जेठ १० सम्म र स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गर्ने कार्य जेठ २० गतेसम्मका लागि तोकिएको छ ।

जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गर्ने अन्तिम मिति जेठ ३० गते र महाधिवेशन प्रतिनिधिको नामावली पेश गर्ने मिति जेठ २५ गतेसम्म निर्धारण गरिएको छ । यस्तै, प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको विवरण असार ५ गतेभित्र बुझाइसक्नुपर्ने सूचनामा उल्लेख छ ।

महाधिवेशनमा प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिइएको छ । जेठ ७ देखि असार ५ गतेसम्म इलेक्ट्रोनिक भोटिङ मेसिनसम्बन्धी छलफल र तयारीका लागि समय छुट्याइएको छ ।

केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङद्वारा हस्ताक्षरित उक्त सूचनामा सबै प्रदेश समितिका सभापतिहरूलाई आ(आफ्नो प्रदेश अन्तर्गतका जिल्ला सभापतिहरूसँग आवश्यक समन्वय गरी कार्यतालिका अनुसार काम सम्पन्न गर्न सहयोग गर्न भनिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न सरकारद्वारा समिति गठन

छोरा भेट्न सिड्नी पुगेकी नेपाली महिलाको विमानस्थलमै निधन

सवारी दर्ता रोक्काले नेपाल भित्रिसकेका गाडीबारे व्यवसायी अन्योलमा

रवि लामिछाने भारत भ्रमणमा जाने

बुद्ध पब्लिक स्काउट दलद्वारा हाईकिङ तथा प्राथमिक उपचार तालिम सम्पन्न

तालिममा बेहोस ६ जना शस्त्र प्रहरीलाई उपचारका लागि काठमाडौं ल्याइँदै

अमेरिकाविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रतिनिधिसभा अवरुद्ध, बैठक १५ मिनेटका लागि स्थगित