'मतपेटिका असुरक्षित छन्, डडेल्धुरावासी नसुत्नुस् – सागर ढकाल'

३ वर्ष अगाडि

काठमाडौं । डडेल्धुराका प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार सागर ढकालले बुथको बाकसमा आफ्नो प्रतिनिधि राख्न नदिएको गुनासो गरेका छन्। उनले डडेल्धुराका जनताहरूले आफ्नो मतको सुरक्षा गरिदिन आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘डडेल्धुराका जनताहरू बाटो बाटोमा भिडियो, लाइभ जे हुन्छ त्यही राखेर बस्नु पर्‍यो । गाडीको स्कर्टिंग हजुरहरूले नै गर्नुपर्‍यो । बुथको बाकसहरू कुनै पनि उम्मेदवारको एजेन्ट बिना हिँडेको छ।’

उनले सत्तापक्षबाट चलखेल हुनसक्ने भन्दै जंगलको बाटोमा झन् धेरै ख्याल गर्न आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘आज राति सुत्न भएन। जङ्गल छ भने झन् ख्याल गर्नुपर्‍यो । बाटो बाटोमा बसिदिनु हुन अनुरोध।’

बुथको बाकस बोकेर लैजाने जिम्मा सबै प्रशासनलाई जिम्मा दिने हो भने हामी यत्रो उम्मेदवार लड्नु नलड्नुको अर्थ के भयो ? भनेर प्रश्न समेत गरेका छन्।

‘कम्तीमा एक जना सत्ता गठबन्धन भन्दा बाहिरको एजेन्ट त गाडीमा बस्न पाउनु पर्‍यो। हामी उही गन्ने बेलामा मात्र बस्नि हो ? गाडीमा ठाउँ छैन कहाँ मिलाऊ भन्न पाइन्छ ? उनले भनेका छन्, ‘कुनै पनि गाडी हामी कुनै एक जना उम्मेदवारको एजेन्ट नभईकन प्रशासनको रहोभरमा मात्र सिधै यो रातको समयमा आयो भने कसरी विश्वास गर्ने तलमाथि हुँदैन भन्ने ।’

सत्ता गठबन्धन भन्दा बाहिरको एजेन्ट एक जना नराखी गाडी लगे भने के गर्ने ? भनेर प्रश्न गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एक वर्षमा सरकारले दियो ८५ अर्बभन्दा बढी भन्सार राजस्व छुट

राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक याहियाबीच भेटवार्ता

जेनजी आन्दोलनले १ खर्ब ४७ अर्बको लेखा परीक्षण प्रभावित

शुक्रबार नेप्सेमा सामान्य सुधार, परिसूचक २७३१ बिन्दुमा कायम

प्युठानमा मारुती भ्यान दुर्घटना, दुई जनाको मृत्यु

विद्यार्थी दिवसमा काठमाडौंमा मार्चपास, प्रतिबन्धविरुद्ध विद्यार्थीहरूको प्रदर्शन

राखेपद्वारा एन्फा नेतृत्वमाथि लगाइएको निलम्बन फुकुवा

दश महिनामा सरकारको बजेट खर्च ५९.७५ प्रतिशत, आम्दानी ६६ प्रतिशतमा सीमित