'लुम्बिनी पानाको ‘पर्यटन विशेष विशेषाङ्क’ सार्वजनिक'

२ वर्ष अगाडि

देवदह । लुम्बिनी पाना मिडियाको ‘पर्यटन विशेष विशेषाङ्क’ सार्वजनिक भएको छ। सोमबार देवदह-८ पाकरीमा अवस्थित एतिहासिक पाकडी वृक्षबाट विशेषाङ्क सार्वजनिक गरिएको हो।

मिडियाले चाडपर्व र नयाँ वर्षको अवसरमा शुभकामना मात्र प्रकाशन र प्रसारण गर्ने परम्परा रहेको अवस्थामा लुम्बिनी पानाले समाजलाई सकारात्मक परिवर्तनको दिशामा अगाडी बढ्न तथा पर्यटनको माध्यमबाट प्रचारप्रसार गर्ने उदेश्य सहित पर्यटन विशेष विशेषाङ्क प्रकाशन गरिएको लुम्बिनी पानाका संचालक, सम्पादक निर्मल एसपी मगरले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशको रुपन्देहीबाट संचालनमा आएको लुम्बिनी पाना.डट.कमले विगतका वर्षहरुमा समेत विभिन्न बुलेटिनहरु प्रकाशन गरेको जानकारी गराउदै समाचार र सूचना सङ्गै समाज रुपान्तरणमा समेत मिडियाको भूमिका महत्त्वपूर्ण हुने मगरले बताउनुभयो ।

कार्यक्रममा मिडियाका प्रधान सम्पादक एलबी थापाले लुम्बिनी पानाले प्रत्येक वर्ष विभिन्न अवसरमा प्राप्त गर्ने शुभकामना तथा सूचनामूलक सन्देशबाट प्रकाशनबापत प्राप्त गर्ने कुल रकमको ३ प्रतिशत सामाजिक कार्यमा खर्च गरेको र यसलाई अझै व्यवस्थित गर्दै लैजाने बताउनुभयो ।

पर्यटन विशेष अंकलाई लुम्बिनी प्रदेशका अन्य पर्यटकीय स्थलबाट समेत सार्वजनिक गरिने र विशेषाङ्कमा पर्यटन सङ्ग सम्बन्धित लेखहरुको विषयमा विमर्श गरिने मिडियाले जानकारी दिएको छ ।

पुस्तक सार्वजनिक कार्यक्रममा सल्लाहकारु प्रीतम कुमार थापा, झमन थापा मगर, थानेश्वर लम्साल, विकास गहतराज, स्तम्भकार विवश थापा मगर, आइटी संयोजक राजन श्रेष्ठ पत्रकारहरु गोविन्द घर्ती र सुरज भट्टराईको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माको राजीनामा

केपी शर्मा ओलीद्वारा सुदूरपश्चिम एमाले सांसदहरूसँग छलफल

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद् बैठक बोलाइयो

काठमाडौंमा गैंडाको खागसहित तीन जना पक्राउ

ढुंगेअड्डामा सवारी दुर्घटना: मोटरसाइकल चालकको मृत्यु

इन्द्रचोक ज्वेलरी लुट प्रयासका तीन आरोपी पक्राउ

धनुषामा चितुवाको आक्रमणबाट एकजना घाइते

सुनको मूल्य झन्डै ३ लाख नजिक, एकैदिन ५८०० रुपैयाँ वृद्धि