'देवदहको खयरडाँडामा उत्खनन कार्य शुभारम्भ'

२ वर्ष अगाडि

देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ९ स्थित खयरडाँडा पुरातात्त्विक क्षेत्रमा उत्खनन कार्यको शुभारम्भ गरिएको छ । देवदह नगरपालिकाको आयोजना, लुम्बिनी विकास कोषको सह-आयोजना र पुरातत्व विभागको सहकार्यमा उत्खनन कार्यको शुभारम्भ भएको हो ।

यो दोस्रो चरणको उत्खनन हो । यस अघि अघिल्लो वर्ष जेठमा उत्खनन गरिएको थियो । उत्खननका क्रममा प्राचीन इनार, माटाको भाडो, पर्खाल जस्ता पुरातात्त्विक वस्तुहरु भेटिएको थियो।

अघिल्लो वर्ष १४ औं देखी १६ औं शताब्दी मध्यकालमा धार्मिक प्रयोजनका लागि निर्माण गरे जस्तो देखिने भग्नावशेष फेला परेको थियो । परिक्षण पस्चात आधिकारिकता पुष्टि हुने पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीले जानकारी दिनुभयो।

उत्खनन शुभारम्भ कार्यक्रममा देवदह नगरपालिका नगर प्रमुख ध्रुव प्रसाद खरेल, नगर उप-प्रमुख विद्या लक्ष्मी गुरुङ, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, जनप्रतिनिधि लगायत स्थानीहरुको उपस्थिति रहेको थियो ।

एक महिना भन्दा बढि समय चल्ने उत्खनन कार्यमा पुरातत्त्व बिभागका ६ जना टोलिको सहभागिता रहेको छ।उत्खननले खयरडाँडा क्षेत्रको बौद्ध इतिहास प्रमाणित गर्न मद्दत गर्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बैतडीमा घरको छतबाट खसेर मजदुरको मृत्यु, प्रहरी अनुसन्धान जारी

कैलालीमा तालिमरत सशस्त्र प्रहरी जवानको उपचारका क्रममा मृत्यु

नेप्से घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

जेनजी आन्दोलनमा जलेका सवारीका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

मुख्यमन्त्री इन्द्र बानियाँको घर–कार्यालयमा छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

मन्त्रिपरिषद्का ४ मुख्य निर्णय सार्वजनिक

बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु

इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु