'शेयर बजार २३ अङ्कले बढ्दा नेप्से परिसुचक २१ सय १५ विन्दुमा'

२ वर्ष अगाडि

शेयर बजार लगातार तेस्रो दिन दोहोरो अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९४ अङ्कले बढे नेप्से परिसुचक दुई हजार एक सय १५ दशमलव ९४ विन्दुमा पुगेको छ ।

 

आज विकास बैंक र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, माइक्रोफाइनान्स, हाइड्रोपावर समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त र सामुदायिक लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन साइन रेसुङ्गा विकास बैंकको शेयर भने चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

दोहोरो अङ्कले बजार बढेको दिन तीन सय १७ वटा कम्पनीका एक करोड ३२ लाख कित्ता शेयर पाँच अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीको २४ करोड रुपैयाँ बराबरको शेयर खरिद/बिक्री भयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माको राजीनामा

केपी शर्मा ओलीद्वारा सुदूरपश्चिम एमाले सांसदहरूसँग छलफल

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद् बैठक बोलाइयो

काठमाडौंमा गैंडाको खागसहित तीन जना पक्राउ

ढुंगेअड्डामा सवारी दुर्घटना: मोटरसाइकल चालकको मृत्यु

इन्द्रचोक ज्वेलरी लुट प्रयासका तीन आरोपी पक्राउ

धनुषामा चितुवाको आक्रमणबाट एकजना घाइते

सुनको मूल्य झन्डै ३ लाख नजिक, एकैदिन ५८०० रुपैयाँ वृद्धि