सोलुखुम्बुका कामीरिता शेर्पा २९ औं पटक सगरमाथाको चुचुरोमा पुग्नुभएको छ ।
सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेको आफ्नै रेकर्ड तोड्दै शेर्पा आज बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पुग्नुभएको पर्यटन विभागका आधारशिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँ गएको वर्ष एउटै सिजनमा दुई पटक सगरमाथाको शिखरमा पुग्नुभएको थियो ।
सोलुखुम्बुको थामे गाउँका कामीरिता शेर्पाको सगरमाथा आरोहण यात्रा सन् १९९२ मा आरोहण सहयोगीको रुपमा शुरु भएको थियो । ५४ वर्षका शेर्पाले सगरमाथासँगै माउन्ट केटु, चोयु, ल्होत्सेलगायतका हिमालसमेत आरोहण गरिसक्नुभएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0