'गृहमन्त्री खाणविरुद्ध निर्वाचन आयोगमा उजुरी, उम्मेदवारी खारेजीको माग'

३ वर्ष अगाडि

रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाणविरुद्ध बहुविवाह गरेको भन्दै उजुरी दर्ता भएको छ ।

खाणको उम्मेदवारीविरुद्ध मुख्य विर्वाचन अधिकृतको कार्यालय, रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उजुरी परेको हो । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार खाणकाे उम्मेदवारी खारेजीकाे माग गर्दै बिहीबार उजुरी दर्ता भएको हो ।

यसअघि निर्वाचन आयोगमा दर्ता भएको र सम्बन्धित क्षेत्रमा आएर उजुरी दर्ता गरिएको अधिवक्ता तारा बरालले बताइन् । उनले भनिन्, ‘खाण बहुविवाहमा संलग्न रहेकाले प्रमाण पाइएकाले उजुरी दर्ता गरिएको हो, खाणले गृहमन्त्री चलाउँदै गर्दा बहुविवाह गर्ने हजारौं जेलमा सडाउने काम गर्नुभएको छ, देशकै गृहमन्त्रीले रुपन्देहीमा दिलमाया खाण, काठमाडौंमा मञ्जु खाण नाम दर्ता भएकाले उक्त कुराको पुष्टि हुन्छ ।’

ठूला तथा सम्पत्तिवालाविरुद्धको मुद्दा तामेलीमा र सर्वसाधारणलाई जेलमा कोच्न नपाइने उनले बताइन् । निर्वाचन आयुक्तले सम्बन्धित जिल्लामा दर्ता गरेपछि प्रक्रिया अगाडि बढाइने भनेकाले रुपन्देही क्षेत्र नम्बर ३ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

निर्माण व्यवसायीको सरकारलाई अल्टिमेटम: मूल्य समायोजन नभए काम बन्द

जाजरकोटमा लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ

ओमानविरुद्ध नेपालद्वारा २५७ रनको लक्ष्य, आरिफको आक्रामक अन्त्य

आज रुपन्देही र कपिलवस्तु लगाएतका ठाउमा तीव्र हावाहुरीको चेतावनी, सावधानी अपनाउन आग्रह

स्मार्ट टेलिकमका पूर्व प्रबन्ध निर्देशक सर्वेश जोशी ठगी आरोपमा पक्राउ

प्रहरीको साइबर ब्युरोको प्रतिनिधि बनेर ठगी गर्ने पक्राउ

बैतडीमा घरको छतबाट खसेर मजदुरको मृत्यु, प्रहरी अनुसन्धान जारी