'सन्दीप लामिछानेलाई १२ वर्ष कैद सजाय माग दाबीसहित प्रहरीले बुझायो प्रतिवेदन'

४ वर्ष अगाडि

नाबालिग बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई १२ वर्षसम्म कैद सजाय माग दाबीसहित प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ ।

प्रहरी वृत्त गौशालाले जाहेरी परेको करिब डेढ महिनापछि आइतबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदै आरोपित लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २ सय १९ बमोजिम १० देखि १२ वर्षसम्म कैद र पीडितलाई ‘यथोचित क्षतिपूर्ति’ भराउन मागदाबी गरेको हो ।

अनुसन्धानका आधारमा पीडितको उमेर नाबालिग रहेको खुलेको भन्दै प्रहरीले आरोपितलाई सोहीअनुसार कारबाही हुनुपर्ने निष्कर्ष निकालेको छ । अब प्रहरी प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायरबारे निर्णय लिनेछ । बलात्कार अभियोगमा मुद्दा दायर भए लामिछानेको खेल जीवनको अध्याय नै अनिश्चित बन्नेछ । नेपाली टोलीका कप्तान मात्र होइन, लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल), बिगबास लिगजस्ता फ्रेन्चाइज प्रतियोगिता खेलेर छोटो समयमै ‘ग्लोबल स्टार’ को छवि बनाएका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

निर्माण व्यवसायीको सरकारलाई अल्टिमेटम: मूल्य समायोजन नभए काम बन्द

जाजरकोटमा लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ

ओमानविरुद्ध नेपालद्वारा २५७ रनको लक्ष्य, आरिफको आक्रामक अन्त्य

आज रुपन्देही र कपिलवस्तु लगाएतका ठाउमा तीव्र हावाहुरीको चेतावनी, सावधानी अपनाउन आग्रह

स्मार्ट टेलिकमका पूर्व प्रबन्ध निर्देशक सर्वेश जोशी ठगी आरोपमा पक्राउ

प्रहरीको साइबर ब्युरोको प्रतिनिधि बनेर ठगी गर्ने पक्राउ

बैतडीमा घरको छतबाट खसेर मजदुरको मृत्यु, प्रहरी अनुसन्धान जारी