'गलकोटमा लक्ष्मी बैंकको शाखा विस्तार'

४ वर्ष अगाडि

बागलुङ। नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको ईजाजत प्राप्त वित्तिय संस्था लक्ष्मी बैंकले गलकोट नगरपालिकामा शाखा विस्तार गरेको छ ।

१४३ औं शाखाको रुपमा गलकोट नगरपालिका वडा नं ३ हटिया बजारमा शाखा संचालनमा ल्याएकोे गलकोट शाखा प्रवन्धक गणेश कार्कीले बताए ।

उनले गलकोट शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पुर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको उल्लेख गरे ।

नयाँ शाखाको सुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल देशका ५० जिल्लामा पुगेको छ । बैंकका अहिले १४३ शाखा, १३ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १७७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ७१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु रहेका छन ।

शाखा विस्तार सँगै लक्ष्मी बैंकले आफ्नो सेवा अझ थप सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको बताएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।

यो शाखाको विस्तार सँगै बैंकले ग्राहकलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी