'मंसिर ४ को निर्वाचनपछि एमालेको सरकार बनाउँछौँ’: चोधरी'

३ वर्ष अगाडि

दाङ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य नरुलाल चौधरीले नेकपा एमालेले आउँदो मंसिर ४ गतेको निर्वाचनबाट केन्द्र र प्रदेश सरकार निर्माण गर्ने गरी स्पष्ट वहुमत ल्याउने बताउनु भएको छ । नेकपा एमाले दाङको सोमबार घोराहीमा सम्पन्न बिस्तारित वैठकलाई सम्बोधन गर्दै पोलिटव्यूरो सदस्य चौधरीले यस्तो बताउनु भएको हो ।

‘नेकपा एमालेप्रति यतिबेला जनलहर नै आएको छ, एमालेले आउँदो मंसिर ४ गते हुन लागि रहेको निर्वाचनबाट केन्द्र अनि प्रदेशमा वहुमत सहितको सरकार बनाउनेछ’, चौधरीले थप्नु भयो, ‘एमालेले सरकार सञ्चालन गर्दा देश र जनताको पक्षमा हजारौ काम गरेकाले जनता एमालेप्रति आकर्षित भएका हुन् ।’
वैठकको प्रमुख अतिथि समेत रहनु भएका चौधरीले एमाले यतिबेला दाङको पहिलो पार्टी भएको र पहिलेको भन्दा पनि धेरै मत जिल्लामा एमालेले ल्याएको चर्चा गर्दै निर्वाचन पछि पनि एमालेमा अन्यपार्टी छाडेर हजारौहजार नेता कार्यकर्ताहरु समाहित भएकाले एमालेले दाङका सबै निर्वाचन क्षेत्रमा बिजयी प्राप्त गर्ने बताउनुभयो । एमाले दाङको इञ्चार्ज समेत रहनु भएका चौधरीले एमाले महासचिव शंकर पोख्रेल दाङको भविष्यसँग जोडिएको नेता भएकाले उहाँलाई दङाली जनताले लोकिप्रिय मतसहित दाङ निर्वाचन क्षेत्र नम्वर २ बाट निर्वाचित बनाउने बताउनुभयो । वैठकका विशिष्ठ अतिथि नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा एमाले सचेतक शान्ता चौधरीले नेकपा एमालेले विगत पाँच वर्षमा जनता र देशको लागि धेरै नै काम गरेको बताउँदै अब पनि एमालेलाई जनताले रोज्नेमा कुनै शंका नरहेको धारणा राख्नुभयो । नेकपा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइञ्चार्ज जीवन गौतमले एमालेले नै देश र जनताको पक्षमा काम गर्ने भएकाले एमालेको विकल्प यतिबेला कोही पनि हुन नसक्ने बताउनुभयो । नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतको अध्यक्षत्तामा भएको वैठक उद्घाटन कार्यक्रममा उपाध्यक्ष राममणि पाण्डेयले स्वागत र सचिव मनोहर बुढाथोकीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

वैठकमा निर्वाचन जित्ने संकल्प प्रस्ताब, निर्वाचन लक्षित कार्यक्रम तय नेकपा एमाले दाङको वैठकले यही मंसिर४ गते हुन लागि रहेको संघ र प्रदेशको निर्वाचनमा सबै उमेदवारलाई अत्यधिक मतले बिजयी बनाउने र समानुपातिक तर्फ पनि लोकप्रिय मत प्राप्त गर्ने संकल्प प्रस्ताब पारित गरेको छ । यसका लागि निर्वाचन केन्द्रीत कार्यक्रमहरु तय गरिएका छन् । वैठकले यही भदौ २४ गते दाङका सय वटै वडामा भेला गर्ने, २७ गते जनवर्गीय संगठनको भेला गर्ने निर्णय गरेको सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो । वैठकले निर्वाचनका लागि प्रदेश र क्षेत्रीय कमिटीहरुले सिफारिस गरेका उमेदवारहरुको अन्तिम नामावली टुंगो लगाएर प्रदेशमा पठाउनका लागि जिल्ला पदाधिकारीलाई विशेष जिम्मेवारी दिने निर्णय गरिएको एमाले प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिनुभयो । एमाले दाङको जिल्ला पदाधिकारीले यही २२ गते भित्रमा केन्द्रको निर्देशन अनुसार संघ र प्रदेशका लागि प्रत्यक्ष तथा समानुपातिक नामावली प्रदेशमा पठाउने छ ।

दाङको सन्दर्भमा नेकपा एमालेका महासचिव शंकर पोख्रेल दाङ निर्वाचन क्षेत्र नम्वर २ बाट र एमाले नेता वलिभद्र राना दाङ निर्वाचन क्षेत्र नम्वर २ को क बाट प्रदेशका लागि सर्वसम्मत उमेदवार हुनु भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित