'गौतमबुद्ध राष्ट्रिय उद्यानमा वृक्षारोपण ।'

४ वर्ष अगाडि

ललिता घिमिरे, देवदह // रूपन्देहीको देवदह ६ गौतमबुद्ध राष्ट्रिय उद्यानमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरिएको छ । अन्तरास्ट्रिय स्तरका सामाजिक संस्था रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदह, रोटरी क्लव अफ तिलोत्तमा रुपन्देही, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देही, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा शुद्धोदन तथा ईन्ट्रयाक्ट क्लव अफ तिलोत्तमा रामापुर रिभाईवल र आरसिसि नमुना भिलेज सैनामैनाको संयुक्त आयाजनामा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहका अध्यक्ष मनिलाल तिवारीले क्लवले दिर्घकालीन योजना सहित उद्यानमा रोट्रयाक्ट बाटिका निर्माण गर्ने उद्देश्यका साथ क्लव अगाडी बढेको उहाले बताउनुभयो । त्यस अवसरमा गोडमेल तथा सरसफाई गर्नुको साथै अघिल्लो वर्ष लगाईएको विरुवाको संरक्षण र मरेका स्थानमा नयाँ विरुवा रोपिएको हो । उहाले रोपिएका विरुवाहरुको संरक्षण गर्दै पर्यटकीय आकर्षणको लागी रोट्रयाक्ट गार्डेनको रुपमा सो क्षेत्रलाई आकर्षीत गराउनका लागी क्लव लागी पर्ने बताउनु भयो । उहाले सोहि उद्यानमा राख्नका लागि स्तरिय खाल्का आधुनिक सिमेन्टरत दुई सेट बेञ्च समेत केही दिनमा उद्यान समितिका अध्यक्षलाई हस्तान्तरण गर्ने  बताउनु भयाे ।

त्यसैगरी गौतमबुद्ध राष्ट्रिय उद्यानका अध्यक्ष टेकबहादुर रानाले बिरुवा रोप्दा देखिएको जाँगर र उत्साह विरुवाको संरक्षणमा पनि देखाउन सबैलाई आग्रह गर्नुभयो बिरुवा राेपिसके पछि त्यसकाे संक्षणमा पनि क्लव लाग्नु पर्ने कुरामा उहाले विषेश जाेड दिनुभयाे । कार्यक्रममा रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष विष्णु भण्डारी, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा शद्धोधनका अध्यक्ष रमेश गौतम लगायतले आ-आफ्नो भनाई राख्नुभएको थियो । क्लवले सो क्षेत्र आसपासमा दालचिनी, धुपी, लगायतका विरुवा लगाईएकाे कार्यक्रम संयोजक राजु पाण्डेले जानकारी गराउनु भयो । रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहका अध्यक्ष मनिलाल तिवारीको स्वागत र रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका सचिव शंकर पाण्डेकाे संचालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो