'३९ बर्षिय महिलाको पाठेघरमा १० किलोको टयुमरको सफल शल्यक्रिया'

४ वर्ष अगाडि

बिराटनगर । बिराट नर्सिगं होम बिराटनगरमा ३९ बर्षिय एक महिलाको पाठेघरबाट ९ किलो २ सय ग्रामको बिरलै बिरामीमा हुने फाईब्रोड नामक टयुमर शल्यक्रिया गरी निकालिएको छ ।

पथरी शनिश्चरे नगरपालिका वार्ड न ४ निवासी महिलाको बिराट नर्सिगं होममा डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीको नेतृत्वमा सफल सल्यक्रिया भएको हो । करिब १ घण्टा २० मिनेट लगाएर गरिएको सल्यक्रियामा डाक्टर भानु न्यौपाने, डाक्टर बातसल्य अर्याल, डाक्टर फारिदा खातुन लगायतको टिम सहभागि थियो ।

आफनो ३५ बर्षको महिला सम्बन्धि पाठेघरको शल्याक्रिया गर्दा यत्रो ठुलो मासुको टयुमर नदेखेको डा. कार्कीले बताए । उनले भने,’सयौ अपरेशन गरियो,तर यती ठूलो ट्युमर देखिएको थिएन।’ हेर्दा सामान्य देखिएपनी जटिल र धेरै ठुलो १० केजी मासुको थुप्रो लिएर ती महिला कसरी यस अस्पताल सम्म आईन त्यो झन जटिल बिषय भएको डा. कार्कीले थपे ।

बिगत २ बर्ष देखि धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नियमित चेकजाँच गर्दा सानो ५/६ सेमी साइजको मासु पलाएको रिर्पोट थियो । कोरोनाको कारणले पुनः उपचार र चेक जाँच गरिएको थिएन तर पेटमा कुनै समस्या पनि देखा नपरेको बिरामीको आफन्तले बताएका छन् । बिस्तारै बिस्तारै पेट बढ्दै गयो । मोटाएको जस्तो महसुस भएको तर कुनै दुःख अप्ठयारो नभएको हुनाले ठिकै छ भनेर घरमा बसिरहे । तर पेट धेरै मोटाएको हुनाले बिराट नर्सिगं होममा आएर चेक जाँच गर्दा ३०/४० सेमी साईजको टयुमर देखा पर्यो । ती महिला भन्छिन।शल्यक्रिया नगरी अरु उपाए नभएको डाक्टरहरुले बताए पछि यत्रो १० केजी भन्दा बढी मासुको थुप्रो देख्दा छक्कै परेको बिरामी कुरुवा बसेका आफन्तले बताएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा

ई–बिडिङ ह्याक प्रकरणमा थप एक पक्राउ, पक्राउ संख्या १३ पुग्यो

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने: रवि लामिछाने

नेप्सेमा दोहोरो गिरावट: २५.८१ अंकले घटेर २७४४ मा सीमित

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ

दुई दिनमै सुनको भाउ ६ हजार रुपैयाँले घट्यो

फेरि बढ्यो सार्वजनिक यातायात भाडा