देवदह // लियो क्लब अफ लर्ड बुद्धको छैटौं पद हस्तान्तरण तथा सम्मान समारोह कार्यक्रम सम्पन्न भएको छ । मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरि कार्यक्रम सम्पन्न गरिएको हो ।
बर्ष २०२२/२३ को लागि जेष्ठ ७ गते निर्वाचनबाट पदाधिकारीहरु सर्वसम्मतले निर्वाचित भएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि देवदह नगरपालिकाको उप प्रमुख विद्या लक्ष्मी गुरुङले नयाँ समितिलाई शुभकामना दिँदै लियो ले आफ्नो प्रत्येक कार्यक्रम समाजसेवा प्रति समर्पित निकै प्रशंसनीय कार्य गर्ने हुनाले क्लबलाई धन्यवाद पनि दिनु भएको थियो ।
कार्यक्रममा बोल्दै विशिष्ठ अतिथी देवदह नगरपालिका वडा नं ४ को पुर्व अध्यक्ष दिपक चापागाईंले उहाले लियो क्लब अफ लर्ड बुद्धलाई आफू आफ्नो तर्फ बाट जुनसुकै बेला पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा लायन्स क्लब अफ बुटवल खस्यौली पुर्व अध्यक्ष विक्ष्णु प्रसाद उपाध्याय, संस्थाका पुर्व अध्यक्ष लियो लायन गोपाल पाण्डे, लियो लायन कामल ज्ञवाली, लियो लायन सन्दिप तिवारी लगाएतले बोल्दै नयाँ कार्यसमितिलाई कार्य सफलताको शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा बर्ष २०२१/२२ मा उत्कृष्ट कार्य गरेका लियो सदस्यहरु विभिन्न विधामा सम्मानित पनि भएका थिए । सम्मानित हुनेहरुमा लियो अफ दि यियर प्रदिप पाण्डे,
पवन खरेल, अस्मिता केसी, सागर भट्टराई, बिबेक कार्की, अनिस पोख्रेल, अस्मिता पाण्डे, मनिषा पाण्डे, शिक्षा तिवारी, सबिना त्रिपाठि र क्लबले गरेका हरेक गतिविधिलाई महत्वका साथ मिडियामा पुर्याउने र महत्वपूर्ण स्थान दिने काम गरेका सिम्रिक आवाज डट कम का सुरज भट्टराई रहेका थिए ।कार्यक्रममा पुर्व अध्यक्षहरुलाई कदर प्रत्रले सम्मान गरिको थियो।
कार्यक्रममा अध्यक्ष संकर पंगेनीले नव निर्वाचित अध्यक्ष राहुल देव सापकोटालाई पिन दिएर पदभार सुम्पिएका थिए । साथै सचिव,कोषाध्यक्षलगायत अन्य पदाधिकारीहरुले पनि पद हस्तान्तरण गरेका थिए । कार्यक्रम संस्थाका सचिव अनिस पोख्रेलले सञ्चालन गरेका थिए ।
