'ओएसिस एजुकेशनद्धारा नयाँ ब्राण्ड एम्बेसडर सार्वजनिक'

४ वर्ष अगाडि

बुटवल । उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाउँदै आइरहेको ओएसिस एजुकेशनले नयाँ ब्राण्ड एम्बेसडर सार्वजनिक गरेको छ । ओएसिसले यस वर्षको मिस नेपाल वल्र्डको ताज जित्न सफल प्रियंका रानी जोशीलाई ब्राण्ड एम्बेसडर घोषणा गरेको हो ।

ओएसिसका संचालक कुशल के.सी. मिस नेपालको माध्यमबाट ओएसिसका साझेदार शिक्षण संस्थाहरुले उपलब्ध गराउने गुणस्तरीय र किफायती सेवा सुविधाबाट लाभ उठाउन सक्ने धेरै भन्दा धेरै नेपाली विद्यार्थीहरुमा उक्त जानकारी पुर्‍याउन सहयोग मिल्ने विश्वास गर्छन् । केसी भन्छन् ‘हामी प्रियंकालाई ओएसिस परिवारमा स्वागत गर्न उत्साहित छौं, उहाँको कौशलता र उदारताको गुण हाम्रो कार्यशैलीसंग मिल्ने हुनाले हाम्रो यस साझेदारी निकै नै फलदायी हुनेछ ।’

मिस नेपाल प्रियंकाले पनि ओएसिसिसंग जोडिन पाउँदा खुशी व्यक्त गरेकी छन् । पत्रकारिताकी विद्यार्थी तथा बहुयामिक मिस नेपाल वल्र्ड प्रियंका आफूले सानो उमेरमै प्राप्त गरेका थुप्रै उपलब्धीको प्रमुख कारण स्तरीय शिक्षा नै मान्छिन् । प्रियंका भन्छिन् –सन् २०१२ देखि नै विद्यार्थीहरुलाई उत्तम शैक्षिक परामर्श तथा भिसा प्रोसिसड गर्न सहयोग गर्दै आएको यस कम्पनीसंग आवद्ध हुन पाउँदा निकै उत्साहित छुु ।’

ओएसिस र मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरको लामो समयको सम्बन्ध रहेको छ । यसअघि पनि ओएसिसको ब्राण्ड एम्बेसडरको रुपमा मिस नेपाल वल्र्ड २०१८ श्रीखंला खतिवडा रहेकी थिइन् ।

ओएसिसको हालसम्म नेपालमा काठमाडौं, चितवन, बुटवल र इटहरी शाखा रहेको छ भने अष्ट्रेलियाको सिड्नी र डर्विनमा गरी दुई वटा शाखा रहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा

ई–बिडिङ ह्याक प्रकरणमा थप एक पक्राउ, पक्राउ संख्या १३ पुग्यो

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने: रवि लामिछाने

नेप्सेमा दोहोरो गिरावट: २५.८१ अंकले घटेर २७४४ मा सीमित

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ

दुई दिनमै सुनको भाउ ६ हजार रुपैयाँले घट्यो

फेरि बढ्यो सार्वजनिक यातायात भाडा