'ट्रक व्यवसायी आन्दोलित, २० जेठदेखि लुम्बिनीका ट्रक नचल्ने'

४ वर्ष अगाडि

भैरहवा । सरकारले सात वर्षअघि समायोजन गरी तोकेको भाडादर अझै कार्यान्वयन नगरेको भन्दै ट्रक व्यवसायीहरू आन्दोलित भएका छन् । तत्काल उक्त भाडादार कार्यान्वयन नभए २० जेठदेखि लुम्बिनी क्षेत्रका ट्रक व्यवसायीले ट्रक ठप्प पार्ने चेतावनी दिएका छन् ।

लुम्बिनी ट्रक व्यवसायी संघका अध्यक्ष विष्णु खरेलले दुध र सब्जीको मूल्य बढ्दा तुरुन्तै बढ्ने, तेलको मूल्य पटकपटक बढ्दा हाम्रो चाही वर्षौसम्म नबढ्ने भएपछि व्यवसायनै धरापमा परेको बताए । ‘हामीले सस्तोमा सेवा दिए पनि उपभोक्ताले यसको फाइदा नपाएर दलाललाई कमाउने बाटो भएको छ, अतिनै भएपछि विस्फोट हुन्छ सोही अनुरुप यातायात व्यवसायीले भाडा समायोजन कार्यान्वयनका लागि अवाज उठाएका हुन् ।’ उनले भने ।

सरकारलेनै तोकेको भाडादर नपाउँदा पेशा नै संकटमा परेको भन्दै २० जेठबाट ट्रक घर र ग्यारेजमा थन्काएर ढुवानी रोक्ने निर्णय गरेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले बताए।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको अगुवाइ तथा लुम्बिनी प्रदेशका अन्य ट्रक समितिहरु समेतको सहकार्यमा समायोजित भाडादर कार्यान्वयनका लागि ट्रक व्यवसायीहरूले आन्दोलन तय गरेका हुन् । आन्दोलनकासँगै व्यवसायी संस्थाहरूले लोडिङ कार्डलाई व्यवस्थित र पारदर्शी बनाउने, विभिन्न ट्रक समितिहरुको प्रतिनिधित्वमा अनुगमन गर्ने र सरकारले तोकेको भाडा प्राप्तिका लागि ट्रान्सपोर्ट व्यवसायीहरुसँग पनि सहकार्य गर्ने निर्णय गरेको अध्यक्ष पाण्डेले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत