'देवदहलाई भष्टचार मुक्त नगर बनाउछौं : धुर्व खरेल'

४ वर्ष अगाडि

देवदह //देवदह नगरपालिका नेकपा एमालेको तर्फवाट नगर प्रमुख पदका उमेदवार धुर्व प्रसाद खरेलले देवदहलाई भष्टचार मुक्त नगर गराउने बताउनुभयो । नेकपा एमाले देवदह ५ को घरदैलो कार्यक्रममा बोल्दै खरेलले देवदहलाई सुसासन मुक्त, भष्टचार मुक्त समाज निर्माण गर्ने बताउनुभएको थियो ।

वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरि नेकपा एमाले देवदह नगरले सुरू गरेको चुनावी घरदैलो तथा सभालाई शुक्रवार सम्बोधन गर्दै वहाले सामाजिक रुपान्तरणका लागि आफू हरदम तयार रहेको समेत बताउनु भएको थियो ।

मेयर पदका उमेदवार खरेलले देवदहमा व्यतिथी, विसङ्गिती, अव्यवस्थित बसोबास, सुकुम्बासी, सडक लगायत थुप्रै समस्या रहेको र ती सवै समस्या समाधानका लागि एमाले मात्र सक्षम भएको हुदा एमालेका उमेदवारलाई मतदान गरि जिताउन अपिल गर्नुभएको थियो ।

सोही अवसरमा बोल्दै देवदह नगर कमिटीका अध्यक्ष टिकाराम चापागाईंले बृद्ध भत्ता जस्ता नीति नियम नेकपा एमालेको सरकारले मात्र बनाउने बताउनु भयो । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा घोषणा भएको वृद्ध भत्ता कार्यक्रम लोकप्रिय भएको बताउदै उहाले नेकपा एमालेले उठाएका उम्मेदवार आफ्नो कर्तब्यबाट कहि कतै कमी हुन नदिने बताउनुभयो । नेकपा एमालेका कोई उम्मेदवारी पनि व्यक्तिगत स्वार्थमा नलाग्ने र दु:खबाट मुक्ति पाउन एकपटक नेकपा एमालेलाई दुई तिहाईको सरकार बनाउन सुर्य चिन्हमा भोट हाल्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा देवदह नगरपालिकामा नेकपा एमालेको तर्फबाट उपमेयरको उमेदवार भन्नुभएका विद्या लक्ष्मी गुरुङ, वडा नं ५ को अध्यक्ष गणेश डुम्रे, महिला वडा सदस्यमा बिमलादेवी दर्लामी, दलित महिला सदस्यमा संगिता विक , खुल्ला सदस्यमा सावित्रा पौडेल र सोभाकान्त भट्टराईको समेत सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश