'अगुवा युवा विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न'

४ वर्ष अगाडि

देवदह // देवदह नगरपालिकामा नेकपा एमाले देवदह नगर युवा परिचालन कमिटीको आयोजनामा अगुवा युवा विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष तथा नेकपा एमाले केन्द्रिय सदस्य किरण पौडेलले हामी नेकपा एमाले आफ्नो एकल शक्तिको भरमा यो निर्वाचनमा होमिएको छ । नेकपा एमाले देशको मात्र नभएर विश्वकै शक्तिशाली पार्टी को रुपमा अघि बढीरहेको छ । हाम्रो पार्टी नेकपा एमाले संग एकल रुपमा लड्न नसके पछि अन्य दलहरु आफ्नो अन्तिम प्राण धान्नको लागि गठबन्धन गरि रहेको बताउनुभयो ।

नेपाली काङ्ग्रेसले ६०% ठाउमा आफ्नो उमेदवार उठाएको छ भने प्रचण्डको माओवादी र माधवको समाजवादी पार्टी ४०% मा मात्र छन् उनिहरु निर्वाचन अवागै पनि ६०% मा पराजय भै सकेको छ । यो ९ दिनको बिचमा हामी योजना बनाएर हिडौ, हाम्रो युवा विद्यार्थीहरु ले हाम्रो नेताहरुको मनोबल बढाउने बाताबरण गराउन पर्दछ । म यो दिनमा यहाँ उपस्थित सबैलाई आफुले नेतृत्व गरि आफू वरपर समाजमा रहेकाहरु सबैलाई हाम्रो पार्टीमा मत हाल्न रणनीतिक योजना लिएर अगाडि बड्न आग्रह गर्दै सबैलाई आवश्यक सहयोग गर्ने प्रतिवद्द्ता म र सङै सिङो पाटिले गर्दछ ।

साथै कार्यक्रममा बोल्दै यो ९ दिनको प्रतेक मिनेट सहि रुपमा सदुपयोग गरि हिड्न आग्रह गर्नुभयो । राष्ट्रियता विषयमा हाम्रो पार्टीले गरेका कुरा सबै सामु लैजान पर्छ । सदियौ देखि गुमेको हाम्रो नेपालको नक्शा लाई तेश्रो पटक चुक्चे नक्शा सार्वजनिक गरि हाम्रो पार्टीको अध्यक्ष केपी ओलीले गरे । राष्ट्रियता र स्वाभिमानको पक्षमा नेकपा एमाले सधैव अडिक रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेकपा एमालेको तर्फवाट नगर प्रमुख पदका उमेदवार धुर्व प्रसाद खरेलले समानुपातिक बिकासको लागि र सुशासनको लागि आफु प्रतिबद्ध भएको बताउनु भयो । उहाले देवदहको मेयर उपमेयर लगाएतको सम्पुर्ण टिम जनताको साथमा सधैव हुने बताउनु भयो । देवदहलाई अग्रगामी छलान मार्न आफुहरु सधै तयार रहने कुरा बताउनु भयो । उहाले देशको भुमीमा पसिना बगाई आफ्नो नगर , टोल विकास गर्ने प्रतिवद्द्ता व्यक्त गर्नु भयो । स्थानीय जनता सङ प्रत्यक्ष रुपमा सम्पर्कमा रहेको जनताको सुखःदुखमा सहयोग गरेका कारण पनि जनतामाझ लोकप्रीय रहेकाले बैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचनमा देवदह नगरपालिकाको मेयर पदमा आफु विजयी हुनेमा वहाँ ढुक्क रहेको बताउनुभएको छ ।

नेकपा एमाले देवदह नगर कमिटीका अध्यक्ष टिकाराम चापागाईंले सम्बृद्ध देवदह बनाउने योजना र भिजन भएका सक्षम,जिम्मेवार र जनताको समस्या बुझेका उम्मेद्वार एमालेले मात्र उठाएको बताउदै यसपाली जनताले एमालेलाई भोट दिएर जिताउने बताउनु भयो। उक्त कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला सह संयोजक विकास गहतराजको अध्यक्षता र श्रदा कुवरको संचालनमा भएको थियो ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत