पर्यटन

देवदहको खयरडाँडामा उत्खनन कार्य शुभारम्भ

देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ९ स्थित खयरडाँडा पुरातात्त्विक क्षेत्रमा उत्खनन कार्यको शुभारम्भ गरिएको छ । देवदह नगरपालिकाको आयोजना, लुम्बिनी विकास कोषको सह-आयोजना र पुरातत्व विभागको सहकार्यमा उत्खनन कार्यको शुभारम्भ भएको हो । यो दोस्रो चरणको उत्खनन हो । यस अघि अघिल्लो वर्ष जेठमा उत्खनन गरिएको थियो । उत्खननका क्रममा प्राचीन इनार, माटाको […]

शेयर बजार २३ अङ्कले बढ्दा नेप्से परिसुचक २१ सय १५ विन्दुमा

शेयर बजार लगातार तेस्रो दिन दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९४ अङ्कले बढे नेप्से परिसुचक दुई हजार एक सय १५ दशमलव ९४ विन्दुमा पुगेको छ ।   आज विकास बैंक र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, माइक्रोफाइनान्स, हाइड्रोपावर समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । […]

कामीरिता शेर्पा २९ औं पटक सगरमाथाको शिखरमा

सोलुखुम्बुका कामीरिता शेर्पा २९ औं पटक सगरमाथाको चुचुरोमा पुग्नुभएको छ । सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेको आफ्नै रेकर्ड तोड्दै शेर्पा आज बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पुग्नुभएको पर्यटन विभागका आधारशिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँ गएको वर्ष एउटै सिजनमा दुई पटक सगरमाथाको शिखरमा पुग्नुभएको थियो । सोलुखुम्बुको थामे गाउँका […]

क्यानभासमा ऐतिहासिक देवदह कार्यशाला सम्पन्न (फोटो फिचर)

देवदह । रुपन्देहीको देवदहमा सञ्चालित दुईदिने क्यानभासमा ऐतिहासिक देवदह कार्यशाला सम्पन्न भएको छ । कार्यशालाको शनिबार एक समारोहकाबीच लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले समापन गर्नुभएको हो । समापन समारोहमा बोल्दै मन्त्री बस्नेतले कार्यशालाले पर्यटन प्रबर्द्धनमा ठूलो टेवा दिने बताउनुभयो । उनले कलाकारहरुले निकै मिहिनेतका साथ बुद्ध र देवदहको इतिहास उतारेको […]

अब बुटवल सहित देशका विभिन्न १८ सहरमा पठाओको सेवा संञ्चालन

बुटवल । राइड सेयरिङ व्यवसायको कम्पनी पठाओको मोटरसाइकल तथा ट्याक्सी सेवा देशका १८ वटा सहरमा बिस्तार भएको छ । यसअघि काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित सेवालाई देशका प्रमुख सहरहरु बुटवल, पोखरा लगाएत सातै प्रदेशमा बिस्तार गरिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए । लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा तथा […]

एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी

बुटवल । एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउदै पुरा गर्यो ।   ओमानको अल अमिरात क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फमा टस जितेर ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ३ विकेट १ सय ४३ रन बनाएको थियो। मलेसियाका कप्तान वीरतदीप सिंहले नट आउट ६८, शर्भिन मुनियन्दीले ४१ रन बनाए […]

लुम्बिनी क्षेत्रको विकासको लागि एनआरएनए र चार पालिकाबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाठौं । लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा विकासको लागि गैरआवासीय नेपाल संघ (एनआरएनए)ले चार नगरपालिकासँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा देवदह नगरपालिका, रामग्राम नगरपालिका, कपिलवस्तु नगरपालिका र लुम्बिनी नगरपालिकासँग लुम्बिनी क्षेत्रको पर्यटन पवद्र्धन तथा विकासको लागि समझदारी पत्रका हस्ताक्षर भएको हो । सम्झौता पत्रमा गैरआवासीय नेपाल संघको तर्फबाट संघका अध्यक्ष […]

चितवनबाट राष्ट्रिय एकताको सन्देश दिएको प्रधानमन्त्री प्रचण्डको भनाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको दाबी गरेका छन् । ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै सरकार र नीति क्षेत्रको नयाँ संकल्पको पनि उद्घाटन समारोह पनि भएको बताए । उनले भने, ‘आज जुन सार तत्वका साथ उद्घाटन भएको छ, यो सामान्य […]

आजदेखि बुटवलमा कृषि मेला सुरु: अवलोकन गर्न पैसा नलाग्ने

बुटवल । आजदेखि बुटवलमा  राष्ट्रिय प्रांगारिक कृषि मेला २०८०  सुरु भएको छ । प्रांगारिक कृषि मेला निःशुल्क अवलोकन गर्न पाइने भएको छ । फागुन १० गते बाट १४ गतेसम्म बुटवल १२ रामनगरमा रहेको प्रदर्शनी केन्द्रमा बुटवल उद्योग बाणिज्य संघ र कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा मेला आयोजना गरिएको छ । बुटवल […]

देवदह महोत्सव सम्पन्न : १० करोड बढिको कारोबार

देवदह । १० करोड रुपैयाको आर्थिक कारोवार गर्दै देवदहमा संचालित आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव -२०८० सकिएको छ । मंगलबार एक कार्यक्रमबीच देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेलको उपस्थितिमा १३ दिनसम्म संचालित महोत्सवको समापन गरिएको हो । समापन समारोहमा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै मेला मूल आयोजक समिति संयोजक तथा उद्योग वाणिज्य […]