Home » अर्थतन्त्र » Page 27
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने तय भएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओलीले आउँदो भदौ ३१ गतेदेखि असोज १ गतेसम्म भारत भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । २०८१ साल असार ३० गते प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीको अहिलेसम्म भारत भ्रमण भएको थिएन । दुई दिने भ्रमणमा ठूला एजेन्डाहरू नभई […]
बुटवल। रुपन्देहीमा आर्थिक वर्ष २०८१/०८२ मा ६ अर्बभन्दा बढी बजेट फ्रिज भएको छ । समयमै काम गर्न नसक्दा जिल्लामा अख्तियारी पाएको मध्येबाट ६ अर्ब ७१ करोड ७९ लाख ८१ हजार रुपियाँ खर्च नभएर फ्रिज भएको हो । चालुतर्फ ९२.१९ प्रतिशत खर्च गरेको कार्यालयहरूले पुँजीगततर्फ भने ६०.७२ प्रतिशत मात्र खर्च गरेको छ । पूर्वाधारको आवश्यकता पूरा […]
साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै भुक्तानी अनिवार्य विद्युतीय प्राणालीमार्फत हुने भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने भुक्तानी विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सवै निकायलाई परिपत्र गरेको हो । मन्त्रालयले हिजो सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको छ । केही बोर्ड, समिति र सार्वजनिक संस्थानमा […]
आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। बैंक र लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ता चासो देखिएको छ। आज नेप्से परिसूचक २९ अङ्कले बढेर दुई हजार ७६०.८० बिन्दुमा कायम भएको छ। आजको कारोबारमा ३११ कम्पनीको तीन करोड २५ लाख ९२ हजार ३० कित्ता […]
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नं.-९, शंकरपुरमा झण्डै तीन करोड रुपैयाँको लगानीमा खुलेकाे होटल बन्धु प्रा.लि.भाेली असार २७ गते उद्घाटन हुने भएकाे छ। विभिन्न पेशा व्यवसायमा आवद्ध आठ जना संचालकहरूकाे संयुक्त लगानी रहेकाे हाेटल असार २७ गतेबाट संञ्चालनमा आउन लागेकाे हाे । शंकरपुर चोक बाट १०० मिटरको दक्षिणमा रहेको होटल बन्धुमा असार २७ गते […]
सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सबै सार्वजनिक संस्थान, बोर्ड समिति, प्रतिष्ठानलाई पत्राचार गरेर योगदानमा आधारित सामाजिक […]
बुटवल । राष्ट्रिय गौरवको आयोजनाका रूपमा बुटवल पाल्पा सडकखण्डमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । मुख्य टनेलको कुल एक हजार ८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको सुरुङमार्ग आयोजना कार्यालयकाे विज्ञप्तीमा भनिएकाे छ । विज्ञप्तीमा लेखिएकाे छ, “इन्भर्ट निर्माणको काम बुधबारदेखि सकिएको र ‘लाइनिङ’को काम धमाधम अगाडि बढी हालसम्म लाइनिङको काम ८३४ मिटर […]
बुटवल। लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७ औं बैठकले उक्त बजेट पारित गरेको हो । सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । सोही बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सरकारको […]
बुटवल । रुपन्देहीको तिलोत्तमामा रहेको दूरगामी बचत तथा ऋण सहकारीको रकम अपचलन गरी सहकारीका अध्यक्ष, सचिव र व्यवस्थापक फरार भएका छन । सहकारी आर्थिक संकटमा फसेपछि संस्थाका अध्यक्ष, सचिव र व्यवस्थापक मोवाइल स्वीच अफ गरी फरार भएका छन् । अहिले सहकारीको कार्यालयमा उपाध्यक्ष सहितका कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुले निर्णय गरी प्रहरी र वडा कार्यालयको […]
बुटवल । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत चौधौँ बैठक आज बस्ने भएको छ । दिउँसो ३ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुने अनुमान गरिएको छ । असार १ गते आएको बजेटमा सत्तारूढ दलमै विरोध भएपछि अहिलेसम्म रोकिएको थियो । आजको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची […]