'साउनदेखि सार्वजनिक निकायबाट हुने भुक्तानी अनिवार्य विद्युतीय प्राणाली मार्फत गर्नुपर्ने'

९ महिना अगाडि

साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै भुक्तानी अनिवार्य विद्युतीय प्राणालीमार्फत हुने भएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने भुक्तानी विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सवै निकायलाई परिपत्र गरेको हो ।

मन्त्रालयले हिजो सबै मन्त्रालय, नेपाल राष्ट्र  बैङ्क, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको छ ।

केही बोर्ड, समिति र सार्वजनिक संस्थानमा अझै पनि विद्युतीय प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा नभएको पाइएपछि अर्थ मन्त्रालयले परिपत्र गरेको हो ।

आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आउँदो बजेटमा सार्वजनिक निकायबाट हुने सबै भुक्तानीलाई विद्युतीय प्रणालिमा आवद्ध गरिने घोषणा गर्नुभएको छ ।

यसबाट सहज सेवा र आर्थिक पारदर्शितामा सहयोग पुग्ने सरकारको अपेक्षा छ । यसअघि कतिपय सार्वजनिक निकायहरूमा नगद र चेकमार्फत भुक्तानी हुँदै आएको थियो ।

साउन १ देखि कर्मचारीको तलब/भत्ता, ठेकेदार, अनुदान, पेन्सनलगायत सबै प्रकारका भुक्तानी अनलाइन प्रणालीमार्फत बैंक खातामा जम्मा हुनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय