'लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित'

१० महिना अगाडि

बुटवल। लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित भएको छ ।

बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७ औं बैठकले उक्त बजेट पारित गरेको हो ।

सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । सोही बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा सभामुख तुलाराम घर्ती मगरले गरेका हुन् ।

पारित बजेटमध्ये चालु खर्चतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार रुपैयाँ ९कुल बजेटको ३०.८८ प्रतिशत० र पुँजीगत खर्चतर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ (कुल बजेटको ६०.३२ प्रतिशत) विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा