'रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज'

१० महिना अगाडि

बुटवल। रुपन्देहीमा आर्थिक वर्ष २०८१/०८२ मा ६ अर्बभन्दा बढी बजेट फ्रिज भएको छ ।

समयमै काम गर्न नसक्दा जिल्लामा अख्तियारी पाएको मध्येबाट ६ अर्ब ७१ करोड ७९ लाख ८१ हजार रुपियाँ खर्च नभएर फ्रिज भएको हो ।

चालुतर्फ ९२.१९ प्रतिशत खर्च गरेको कार्यालयहरूले पुँजीगततर्फ भने ६०.७२ प्रतिशत मात्र खर्च गरेको छ । पूर्वाधारको आवश्यकता पूरा गर्न गरिने पुँजीगत खर्चमध्ये झन्डै ४०.३३ प्रतिशत खर्च असार महिनामा भएको छ । पुँजीगत तर्फ असार महिनामा मात्र तीन अर्ब २९ करोड ४८ लाख ३३ हजार एक सय ८४ रुपियाँ खर्च भएको छ ।

जिल्लामा कुल ३१ अर्ब ८० करोड सात लाख विनियोजित बजेटमध्ये २५ अर्ब आठ करोड २७ लाख ४९ हजार आठ सय ४३ रुपियाँ अर्थात् ७८ दशमलव ८७ प्रतिशत मात्र खर्च भएको कोष नियन्त्रक मदन कुमार जिसीले जानकारी दिनुभयो ।

खर्च गर्नलाई ३१ अर्ब पाएको रुपन्देही जिल्लाले केन्द्रलाई एक खर्व २० अर्ब ६९ करोड बढी राजस्व उठाएर पठाएको छ । प्रमुख कोष नियन्त्रक मञ्जु  ढकालले गत आर्थिक वर्षको तुलनामा यस वर्ष रुपन्देही जिल्लामा १५ प्रतिशतले राजस्व बढी सङ्कलन भएको बताउनुभयो ।

रुपन्देहीमा सबैभन्दा बढी राजस्व उठाएको भैरहवा भन्सार कार्यालयले ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार चार सय ८९ राजस्व सङ्कलन गरेको छ। यसै गरी आन्तरिक राजस्व कार्यालय बुटवलले ११ अर्ब ६३ करोड ४५ लाख, आन्तरिक राजस्व कार्यालय भैरहवाले १२ अर्ब ९८ करोड ३७ लाख, अध्यागमन कार्यालयले १८ करोड २२ लाख रुपियाँ र जिल्ला प्रशासन कार्यालयले १२ करोड, १५ लाख ५३ हजार १ सय ५४ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी