अर्थतन्त्र

देवदहमा ग्लो अप ब्युटी सलुन एण्ड एकेडेमी संचालनमा

देवदह // पहिले नक्कलको रूपमा हेरिने ‘ब्युटी पार्लर’ व्यवसाय आजको दिनमा महिलाको आत्मनिर्भरता र आम्दानीको सशक्त माध्यम बन्न पुगेको छ । यही क्रमलाई अगाडि बढाउँदै देवदह–५ स्थित गोठादीमार्ग जाने बाटोमा ‘ग्लो अप ब्युटी सलुन एण्ड एकेडेमी’ सञ्चालनमा आएको छ । आधुनिक सेवा र प्रविधिसहित सुरु गरिएको यो पार्लरले स्थानीय महिलाहरूलाई सौन्दर्य सेवा प्रदान गर्नुका साथै […]

एनपीएल दोस्रो सिजनको खेलाडी अक्सन साउन २४ गते: ४५८ जनाले गरे रजिष्ट्रेशन

नेपाल प्रिमियर लिग(एनपीएल) को दोस्रो संस्करणको खेलाडी अक्सन साउन २४ गते हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजनामा संचालन हुन लागेको एनपीएलको दोस्रो संस्करणको खेलाडी अक्सन साउन २४ गते हुने भएको हो । दोस्रो संस्करणको लागि खेलाडी दर्ता प्रकृया यहि जुलाई १२ देखि २२, २०२५ सम्म खुल्ला गरिएको थियो । खेलाडी दर्ता प्रकृयामा कुल […]

सुशासनको पाटोलाई दृढताका साथ अघि बढाएका छौं : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्षे उपलब्धिहरुको विवरण सार्वजनिक गर्नुभएको छ । राप्ती उपत्यका देउखुरीमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको स्पष्ट पार्नु भएको हो । ‘सुशासनलाई केन्द्रविन्दुमा राख्दै हामीले पाँच वर्षे रणनीतिक योजना तयार पारेका छौं, जसअनुसार राजस्व […]

सेयर बजार अहिलेसम्मकै ठूलो कारोबार संगै ११ महिनाकै उच्च विन्दुमा

सोमबार सेयर बजार ११ महिनायताकै उच्च विन्दुमा पुगेको छ । बजारको परिसूचक नेप्से २८९२ अंकमा कायम भएको छ । यो अंक गत वर्षको ९ भदौ यताकै उच्च हो । सो दिन २८९४ अंकमा थियो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन २१ अर्ब ४६ करोडको कारोबार भएकोमा आज १६ अर्ब ३२ करोडको भयो […]

सम्झौताको अवधी भन्दा १५ महिना अगावै वाणगंगामा पुल निर्माण सम्पन्न

बुटवल । कपिलवस्तुको वाणगंगाको एक पुल ठेक्का सम्झौताको १५ महिना अगावै निर्माण सम्पन्न भएको छ । धेरै ठाउँमा ठेकेदारले निर्धारित समयमा पुल निर्माण नगरेर अलपत्र पारेको समाचारहरु आइरहेका बेला यहा भने निर्माण गर्न तोकिएको समय भन्दा १५ महिना अगावै निर्माण सम्पन्न भएको छ । वाणगंगा नगरपालिका वडा नं. ९ स्थित कोइली खोला (ख) मा सम्झौताअनुसार […]

प्रधानमन्त्री ओलीको भदौ ३१ मा भारत भ्रमण; मोदी असोजमा नेपाल आउने

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने तय भएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओलीले आउँदो भदौ ३१ गतेदेखि असोज १ गतेसम्म भारत भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । २०८१ साल असार ३० गते प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीको अहिलेसम्म भारत भ्रमण भएको थिएन । दुई दिने भ्रमणमा ठूला एजेन्डाहरू नभई […]

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

बुटवल। रुपन्देहीमा आर्थिक वर्ष २०८१/०८२ मा ६ अर्बभन्दा बढी बजेट फ्रिज भएको छ । समयमै काम गर्न नसक्दा जिल्लामा अख्तियारी पाएको मध्येबाट ६ अर्ब ७१ करोड ७९ लाख ८१ हजार रुपियाँ खर्च नभएर फ्रिज भएको हो । चालुतर्फ ९२.१९ प्रतिशत खर्च गरेको कार्यालयहरूले पुँजीगततर्फ भने ६०.७२ प्रतिशत मात्र खर्च गरेको छ । पूर्वाधारको आवश्यकता पूरा […]

साउनदेखि सार्वजनिक निकायबाट हुने भुक्तानी अनिवार्य विद्युतीय प्राणाली मार्फत गर्नुपर्ने

साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै भुक्तानी अनिवार्य विद्युतीय प्राणालीमार्फत हुने भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने भुक्तानी विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सवै निकायलाई परिपत्र गरेको हो । मन्त्रालयले हिजो सबै मन्त्रालय, नेपाल राष्ट्र  बैङ्क, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको छ । केही बोर्ड, समिति र सार्वजनिक संस्थानमा […]

मौद्रिक नीतिपछि नेप्से परिसूचकमा ३१ अङ्कले बढ्याे

आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। बैंक र लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ता चासो देखिएको छ। आज नेप्से परिसूचक २९ अङ्कले बढेर दुई हजार ७६०.८० बिन्दुमा कायम भएको छ। आजको कारोबारमा ३११ कम्पनीको तीन करोड २५ लाख ९२ हजार ३० कित्ता […]

तिलोत्तमाको शंकरपुरमा खुल्यो तीन करोड लगानीकाे होटल बन्धु प्रा.लि.

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नं.-९, शंकरपुरमा झण्डै तीन करोड रुपैयाँको लगानीमा खुलेकाे होटल बन्धु प्रा.लि.भाेली असार २७ गते उद्घाटन हुने भएकाे छ। विभिन्न पेशा व्यवसायमा आवद्ध आठ जना संचालकहरूकाे संयुक्त लगानी रहेकाे हाेटल असार २७ गतेबाट संञ्चालनमा आउन लागेकाे हाे । शंकरपुर चोक बाट १०० मिटरको दक्षिणमा रहेको होटल बन्धुमा असार २७ गते […]