'एनपीएल दोस्रो सिजनको खेलाडी अक्सन साउन २४ गते: ४५८ जनाले गरे रजिष्ट्रेशन'

९ महिना अगाडि

नेपाल प्रिमियर लिग(एनपीएल) को दोस्रो संस्करणको खेलाडी अक्सन साउन २४ गते हुने भएको छ ।

नेपाल क्रिकेट संघको आयोजनामा संचालन हुन लागेको एनपीएलको दोस्रो संस्करणको खेलाडी अक्सन साउन २४ गते हुने भएको हो ।

दोस्रो संस्करणको लागि खेलाडी दर्ता प्रकृया यहि जुलाई १२ देखि २२, २०२५ सम्म खुल्ला गरिएको थियो । खेलाडी दर्ता प्रकृयामा कुल ४५८ जना नेपाली क्रिकेट खेलाडीहरुले नाम दर्ता गराएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

दर्ता भएका सबै खेलाडीहरुको विवरण एनपीएलमा सहभागी ८ फ्रेञ्चाईज टोलीहरुलाई उपलब्ध गराई नेपाल क्रिकेट संघको प्राविधिक समितीले तयार गरेको मापदण्ड र फ्रेञ्चाईज टोलीहरुले इच्छ्याएका खेलाडीहरुको सुचीबाट अक्सनमा सहभागी हुने खेलाडीहरुको अन्तिम नामावली प्रकाशन गरिने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सङ्खुवासभाको च्याङरीङ विद्यालयमा प्रधानाध्यापक र शिक्षकबीच कार्यकक्षमै हातपात

कैलालीमा युवतीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

सुनकोशी नदीमा बेपत्ता शमशेर राई पाँच दिनपछि मृत फेला

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

बँदेलको आक्रमणबाट एक युवकको मृत्यु

काठमाडौंबाट पोखरा जाँदै गरेको ईभी माइक्रो धादिङमा दुर्घटना

सरकारी ठेक्कामा ‘डकुमेन्ट’ हेरफेर गरेको आरोपमा दुई जना पक्राउ

कर्णाली करिडोरमा डोजर दुर्घटना: दुई सुरक्षित, एक अझै बेपत्ता