'सम्झौताको अवधी भन्दा १५ महिना अगावै वाणगंगामा पुल निर्माण सम्पन्न'

९ महिना अगाडि

बुटवल । कपिलवस्तुको वाणगंगाको एक पुल ठेक्का सम्झौताको १५ महिना अगावै निर्माण सम्पन्न भएको छ ।

धेरै ठाउँमा ठेकेदारले निर्धारित समयमा पुल निर्माण नगरेर अलपत्र पारेको समाचारहरु आइरहेका बेला यहा भने निर्माण गर्न तोकिएको समय भन्दा १५ महिना अगावै निर्माण सम्पन्न भएको छ ।

वाणगंगा नगरपालिका वडा नं. ९ स्थित कोइली खोला (ख) मा सम्झौताअनुसार दुई वर्षको म्याद भए पनि समय अवधिभन्दा १५ महिनाअघि नै पुल निर्माणको काम सकिएको हो । पुल निर्माण कार्य एक वर्ष नहुँदै सम्पन्न भएको हो ।

श्रेष्ठ एन्ड एनबी जेभी, बुटवल कम्पनीले २०८१ असार २० गते पुल निर्माणको लागि सम्झौता गरेकोमा नौ महिनामा शतप्रतिशत काम सम्पन्न भइसकेको ठेकेदार कम्पनीका प्रमुख नारायणप्रसाद भुसालले जनाएका छन् ।

लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुबाट सुरु गरिएको पुल निर्माणको काममा स्थानीय सडक पुल कार्यक्रम ललितपुरले प्राविधिक सहयोग गरेको हो। पुलको लम्बाइ ७३.५ मिटर तथा चौडाइ १० मिटर छ।

पूर्वमा कोइली खोला (क)मा पुल निर्माण भइसकेको थियो भने यो पुल कोइली (ख)मा पनि पुल निर्माण सम्पन्न भएपछि सो क्षेत्रको सञ्जाल अझ मजबुत भएको वडा नं. ९ का वडाध्यक्ष कमल पौडेल बताउँछन् । पुलको समयमै सम्पन्नता र प्रभावकारी कार्यान्वयनले अन्य आयोजना निर्माणमा पनि सकारात्मक सन्देश दिने अपेक्षा गरिएको पौडेलको भनाइ छ।

उक्त पुल बनगाई–मोतिपुर–भलवाड–डोहोटे सडक खण्डअन्तर्गत पर्छ, जहाँ बर्खायाममा कोइली खोला तर्नु जोखिमपूर्ण हुने गरेको थियो। पुल निर्माणले उक्त बाटो हुँदै अर्घाखाँची जान सहज भएको छ भने स्थानीयलाई पनि वर्षाको समयमा मुख्य मार्गमा जान सहज भएको छ । यो बाटो पूर्व–पश्चिम राजमार्गलाई बाणगंगा नगरपालिकाका वडाहरू हुँदै अर्घाखाँचीको शीतगंगा नगरपालिकाको गोरुसिँगे–सन्धिखर्क सडकसँग जोडेको छ साे पुलको अनुमानित लागत ११ करोड ४९ लाख २ हजार आठ सय रुपैयाँमा सम्झौता भएको थियो।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

गर्भपतनका क्रममा मृत्यु भएकी गिता पाण्डेको ६ दिनपछी परिवारले बुझे शव

तनहुँमा बस दुर्घटना

विपिन जोशीको परिवारलाई १० लाख राहत दिने मन्त्रिपरिषद्को निर्णय

शुक्रबार नेप्सेमा सामान्य सुधार, १.५४ अंकले बढ्यो

टिकटकमार्फत महिलाहरुलाई झुक्याएर ठगी गर्ने एक जना पक्राउ

सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ

कैलाली र कञ्चनपुरमा लागूऔषधसहित ११ जना पक्राउ

सुन प्रतितोला २ लाख ९६ हजारमा, चाँदी ४,९४५ मा झर्‍यो