अर्थतन्त्र

सुनको मूल्य हालसम्मकै उच्च, दुई लाख ४८ हजार पाँच सय रुपियाँ तोला

स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मङ्गलबार सुनको मूल्य तोलामा आठ हजार एक सय रुपियाँले बढेको जनाएको छ । आज सुनको मूल्य तोलामा दुई लाख ४८ हजार पाँच सय रुपियाँ कायम भएको हो । सोमबार छापावाल सुन तोलामा दुई लाख ४० हजार चार सय रुपियाँमा कारोबार भएको […]

सुनचाँदीको मूल्य हाल सम्मकै उच्च

आज  सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु. दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू. तीन हजार २२० मा खरिद बिक्री भएको छ । हिजो आइतबार सुन प्रतितोला रू. दुई लाख ३८ हजार र चाँदी प्रतितोला रू. तीन हजार एक सय २५ मा […]

सुशीला कार्की प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रिय सुरक्षा परिषद बैठक बस्दै

सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री भएपछि पहिलो पटक राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाइएको छ । अपराह्न बस्ने बैठकको एजेन्डा भने प्रधानमन्त्री तथा परिषद् अध्यक्ष कार्कीले सोही समयमा पेश गर्ने बताइएको छ । नेपाली सेनाको हतियार खरिद बैठकको एजेन्डा रहेको हुनसक्ने अनुमान छ । परिषदमा प्रधानमन्त्रीका साथै गृहमन्त्री, अर्थमन्त्री, रक्षा मन्त्री र प्रधान सेनापति सदस्य रहन्छन् […]

रुपन्देहीमा राति ९ बजेपछी देउसी भैलो खेल्न नपाईने

रुपन्देहीमा तिहारको अवसरमा खेलिने देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ । जिल्ला सुरक्षा समतिको वैठकले देउसी भैलो राति ९ वजेसम्म मात्र खेल्न पाइने र देउसी भैलोमा सहभागीहरुले मादक पदार्थ सेवन गर्न नपाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले बताए । देउसी भैलो खेल्ने क्रममा मापसे गरेको पाइए कानून अनुसार कारवाही हुने […]

जेनजी ग्रुपले लियो भोटेकोशीको १० प्रतिशत सेयर सित्तैमा

जेनजी आन्दोलनको नाममा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एउटा समूहले भोटेकोशी पावर कम्पनीलाई दबाब दिँदै भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर सित्तैमा हत्याएको छ । भोटेकोशी जेन-जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडको नाममा स्थानीयको समूहले ४५ मेगावाटको अपर भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर माग्दै आयोजनाको कामकाज एक महिनादेखि बन्द गराएको थियो । आइतबार भोटेकोशी पावर कम्पनी र […]

नेप्सेमा भारी गिरावट, झण्डै ७९ अंकले घट्यो

साप्ताहिक कारोबारको पहिलो दिन आइतबार पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । गत बिहीबार करिब २२ अंकले बढेर २ हजार ५ सय ८२ अंकमा बन्द भएको नेप्से आइतबार ७८.८३ अंकले घटेको हो । अघिल्लो दिनको तुलनामा ३.०५ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ५ सय ३.३५ अंकमा ओर्लेर बन्द भएको छ । सो […]

लुम्बिनी प्रदेशसरकारकाे खर्च कम गर्ने निर्णय: बहुवर्षीय, समपूरक र मर्मतबाहेकका बजेट कटौती

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको खर्च नियन्त्रण गर्न विशेष निर्णय गरेको छ ।आन्तरिक आम्दानी कम र खर्च बढी भएको आलोचना आइरहेका बेला जेनजी आन्दोलनपछि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शनिबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारको योजना तथा कार्यक्रममा विनियोजन भएको रकमको ८० प्रतिशतलाई अधिकतम सिमा मानी योजना, कार्यक्रम […]

अब दैनिक रुपमा २५ केजी सम्म सुन ल्याउन सकिने

नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २५ किलो पुर्याएको छ । सुन आयात गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई शुक्रबार एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २५ किलोग्राम कायम गरिएको छ । यसअघि आयात गर्न सकिने […]

थाई एयर एसियाले भैरहवाबाट अक्टोबर २६ देखि उडान गर्ने

थाई एयर एसियाले भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट अक्टोबर २६ देखि उडान गर्ने भएको हो । करिब ६ महिनासम्म अन्तर्राष्ट्रिय उडानविहीन बनेको गौतमबुद्ध विमानस्थल भैरहवाबाट थाई एयर एसियाले अक्टोबर २६ देखि उडान सुरु गर्ने भएको छ । भैरहवाबाट थाई एयर एसियाले हप्तामा दुई उडान गर्ने गरी अनुमति लिइसकेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । ‘थाई […]

यो बर्ष टी-२० विश्वकपमा छनोट भए अर्नाले क्यानलाई ५१ लाख दिने

टी-२० विश्वकपमा छनोट भए नेपाली टोलीलाई अर्नाले ५१ लाख सहयोग गर्ने भएको छ । अर्नाले सामाजिक संजालमार्फत विश्वकपमा छनोट भए नेपाली टोलीलाई ५ लाख सहयोग गर्ने घोषणा गरेको हो । यस्तै यति ब्रुअरीको सीएसआरमार्फत नेपाल क्रीकेट संघ क्यानलाई पनि ५१ लाख उपलब्ध गराउने अर्नाले उल्लेख गरेको छ । जसले नेपालमा क्रिकेट पूर्वाधारको विकास गर्नमा सहयोग […]