'नेप्सेमा भारी गिरावट, झण्डै ७९ अंकले घट्यो'

६ महिना अगाडि

साप्ताहिक कारोबारको पहिलो दिन आइतबार पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ ।

गत बिहीबार करिब २२ अंकले बढेर २ हजार ५ सय ८२ अंकमा बन्द भएको नेप्से आइतबार ७८.८३ अंकले घटेको हो । अघिल्लो दिनको तुलनामा ३.०५ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ५ सय ३.३५ अंकमा ओर्लेर बन्द भएको छ ।

सो दिन कारोबारमा आएकामध्ये ९ कम्पनीको सेयर मूल्य बढ्दा १४२ कम्पनीका घटेको छ । यसरी सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनी धेरै भएपछि समग्र नेप्से भारी अंकले घटेको हो ।

आइतबार ६७ हजार २ सय २ पटकको कारोबारमा १ करोड ४३ लाख ६४ हजार ६ सय ८२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । गत बिहीबार ५ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेमा भारी गिरावट आएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय