सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री भएपछि पहिलो पटक राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाइएको छ ।
अपराह्न बस्ने बैठकको एजेन्डा भने प्रधानमन्त्री तथा परिषद् अध्यक्ष कार्कीले सोही समयमा पेश गर्ने बताइएको छ ।
नेपाली सेनाको हतियार खरिद बैठकको एजेन्डा रहेको हुनसक्ने अनुमान छ ।
परिषदमा प्रधानमन्त्रीका साथै गृहमन्त्री, अर्थमन्त्री, रक्षा मन्त्री र प्रधान सेनापति सदस्य रहन्छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0