टी-२० विश्वकपमा छनोट भए नेपाली टोलीलाई अर्नाले ५१ लाख सहयोग गर्ने भएको छ ।
अर्नाले सामाजिक संजालमार्फत विश्वकपमा छनोट भए नेपाली टोलीलाई ५ लाख सहयोग गर्ने घोषणा गरेको हो । यस्तै यति ब्रुअरीको सीएसआरमार्फत नेपाल क्रीकेट संघ क्यानलाई पनि ५१ लाख उपलब्ध गराउने अर्नाले उल्लेख गरेको छ ।
जसले नेपालमा क्रिकेट पूर्वाधारको विकास गर्नमा सहयोग पुग्ने अर्नाको विश्वास छ । नेपालले अहिले ओमनमा जारी आईसीसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोट खेलिरहेको छ ।
९ टोली सहभागी छनोटमा शीर्ष ३ मा रहन सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0