समाचार

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

प्रहरीले कपिलवस्तुको शिवराज नगरपालिका–चन्द्रौटाबाट सुनका गहना चोरी गरेको आरोपमा दुई जना पाकिस्तानी महिला पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए । पक्राउ पर्नेमा २० वर्षीया विवि कलसुम र ४१ वर्षीया सहबाना रहेका छन् । उनीहरूको साथबाट पाकिस्तानी पासपोर्टसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका […]

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

बुधबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला दुई हजार ९०० रुपैयाँ र चाँदी तोलामा १५५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुनको मूल्य दुई लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, […]

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

प्रधानमन्त्री वालेन्द्र शाहले आज सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । छलफल कार्यक्रम बुधबार मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्यक्रममा सांसदहरूले आ–आफ्ना ‘क्लस्टर’ का समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा प्रस्तुत गर्ने गरी कार्यक्रम तय भएको छ । अन्तरक्रिया […]

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

रूपन्देही। देवदह नगरपालिकाले नगर अस्पतालको नवनिर्मित भवनबाट औपचारिक रूपमा सेवा सुचारु गरेको छ। मंगलबार आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख ध्रुवप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङले संयुक्त रूपमा भवन उद्घाटन गर्नुभएको हो। विगत केही वर्षदेखि सानो संरचनाबाट १५ शैयाको अस्पताल सञ्चालन गर्दै आएको नगरपालिकाले अब आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिने भएको छ। २०७९ साल असारमै […]

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

नेपाल आयल निगमले पछिल्लो समय पेट्रोलियम पदार्थको विक्रीमा ठूलो घाटा व्यहोर्नु परेको तथ्यांक प्रस्तुत गरेको छ । भारतबाट खरिद गरिएको मूल्यभन्दा कममा बेच्नुपर्दा घाटा भएको निगमले जनाएको हो । आज जारी प्रेस विज्ञप्तिअनुसार निगमले ३१ मार्चमा प्राप्त मूल्य अनुसार पेट्रोल प्रतिलिटर रु. २२१.३२, डिजेल रु. २९४.९९, मट्टीतेल रु. २४३.७० मा खरिद गरिरहेको छ । यस्तै, […]

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत एपीएफका ओपनर आसिफ शेखले दुर्लभ कीर्तिमान राखेका छन्। उनले जारी खेलमा मधेश प्रदेशविरुद्ध दोहोरो शतक प्रहार गरेका हुन्। १४२ बल खेलेका उनी २०८ रनमा रिटायर्ड हर्ट भए। उनले आफ्नो इनिङ्समा १५ चौका र १७ छक्का प्रहार गरे।

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत

ललितपुरको पटनस्थित दरबार स्क्वायरमा बुधबार भएको विभत्स हत्यापछि धारिलो हतियारसहित भागिरहेका कसुदारलाई नियन्त्रणमा लिने प्रहरी महिला पुरस्कृत भएकी छन् । इमाडोलका सिर्जन नेम्वाङ र सुमित नेम्वाङलाई चक्कु हानेर हत्या गरेपछि चक्कुसहित भागेका सञ्जीव नेपालीलाई प्रहरी प्रभाग, मंगलबजारमा कार्यरत प्रहरी जवान साहाना बोहराले नियन्त्रणमा लिएकी थिइन् । उनलाई शुक्रबार जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी होविन्द्र […]

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

बुटवल । नेपाल बाल संगठन, रूपन्देहीले अनाथ तथा असहाय बालिकाहरूको सुरक्षित आवास र उज्ज्वल भविष्यका लागि ‘बाल गृह’ सञ्चालनको गृहकार्य सुरु गरेको छ। यसै सन्दर्भमा संगठनले शुक्रबार बुटवल बाल मन्मादिरमा रूपन्देहीका विभिन्न पालिकाका प्रतिनिधि, शिक्षा क्षेत्रका विज्ञ, बालअधिकारकर्मी र सरोकारवाला संघ-संस्थाहरूसँग बृहत् अन्तरक्रिया सम्पन्न गरेको छ। कार्यक्रममा सामाजिक जिम्मेवारी, बाल संरक्षण र प्रभावकारी व्यवस्थापनका विविध […]

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले पशुपालन व्यवसायमा देखिँदै गएका नयाँ रोगहरूले यस क्षेत्रलाई धरासायी बनाउने जोखिम बढेकाे बताउदै यस्तो समस्याको दीर्घकालीन समाधानका लागि नयाँ प्रविधिको उच्चतम प्रयोग गर्दै खोज तथा अनुसन्धानलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने स्पष्ट पार्नुभएकाे छ । नेपाल भेटेरिनरी एशोसिएसनको १६ औं राष्ट्रिय सम्मेलनको बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्राविधिक […]

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

बुटवल उपमहानगरपालिकाले बुटवलकाे अव्यवस्थित व्यापार हटाउने अभियान सुरु गरेकाे छ । बुटवललाई अव्यवस्थित र कुरुप बनाउने ठेला व्यापार तथा सडक पेटीमा जथाभावी व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउन आज बुटवल उपमहानगरपालिकाले विभिन्न संघ–संस्थाहरूको संयुक्त बैठकले निर्णय गरेको हाे। अभियानअन्तर्गत केही दिन माइकिन्ग गरी सूचना दिइनेछ र अटेर गर्नेहरूलाई हटाइने नगर प्रमुख खेलराज पाण्डेले जानकारी दिए ।