'उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नं ७ लाई'

४ वर्ष अगाडि

देवदह– रुपन्देहीको देवदह नगरपालिका स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नंवर ७ ले हात पारेको छ।

देवदह खेल मैदानमा भएको क्रीकेट प्रतियोगितामा वडा नं १० लाई ६ विकेटले हराउँदै वडा नंवर ७ ले उपाधि जितेको हो ।  जितका लागि ८० रनको सामान्य लक्ष्य पछ्याएको वडा नं ७ ले ४ विकेट गुमाउँदै उक्त रन पूरा गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको वडा नं १० ले निर्धारित २० ओभरमा अल आउट हुँदै ७९ रन बनाएको हो । वडा नं १० का लागि सन्तोष गुरुङले १४ र हेमु थापाले ११ रन बनाएका थिए । वडा नं ७ का खेलाडी बिकास श्रेष्ठले ४ ओभरमा १८ रन दिदै ३ विकेट, पुरन थापाले ३ ओभरमा १७ रन दिदै ३ विकेट लिएका थिए । त्यस्तै शिव ज्ञवाली र सुरज दराई मगरले २-२ विकेट लिएका थिए ।

दोश्रो इनिङ ब्याटिङ गरेको वडा नं ७ का लागि रोहित वाग्लेले २६ रन, बिनित कार्कीले १६ र सचिन पाण्डेले १२ रन हानेका थिए । बलिङ गर्दै वडा नं १० का लागि बिबस खातिले ४ ओभरमा २३ रन दिदै २ विकेट लिएका थिए भने अनुप राई र गोपाल राईले १-१ विकेट लिन सफल भए । सोही खेलको म्यान अफ दि म्याच वडा नं ७ का विकास श्रेष्ठ घोषित भएका थिए ।

देवदह नगरपालिका उप प्रमुख विद्या लक्ष्मी गुरुङ, देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष पदम थापा, देवदह नगरपालिका वडा नं १० का वडा अध्यक्ष एक बहादुर सुनार , देवदह नगरपालिका वडा नं १० का वडा सदस्य अमर लामिछाने , देवदह क्रीकेट युनिटका अध्यक्ष अजय थपा मगर, युवा समाजसेवी सुरज खरेलले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार रुपैँया र दोश्रो हुनेले नगद १२ हजार ५ सय रुपैया सहित मेडल, ट्रफी र प्रमाणपत्र पाए ।

त्यस्तै प्रतियोगिताको बेस्ट ब्याट्सम्यान रोहित वाग्ले , बेस्ट बोलर सुरज खड्का र ईमर्जिङ्ग पेलेर आसुतोस पाण्डेले नगद सहित ट्रफी उचाले। भने प्लेयर अफ दि सिरीज वडा नं १० का बिबस खातिले नगद ५ हजार सहित पुरुस्कृत भए । देवदह क्रीकेट युनिटले आयोजना गरेको प्रतियोगितामा जम्मा १६ टिमले प्रतिस्पर्धा गरेका थिए।  गत चैत्र २६ गते देखि प्रतियोगिता सञ्चालन भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय