'अनेरास्ववियु रुपन्देहीको तेस्रो पुर्ण बैठक सम्पन्न'

४ वर्ष अगाडि

रुपन्देही //अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीले आज आफ्नो तेश्रो पुर्ण बैठक सम्पन्न गरेको छ। कमिटीका अध्यक्ष शेषकान्त पोखरेलको अध्यक्षता,संगठनका केन्द्रीय उपाध्यक्ष यम पाण्डेको प्रमुख आथित्यता,केन्द्रिय कमिटी सचिवालय सदस्य तथा रुपन्देही ईन्चार्ज बालकृष्ण पाण्डेको बिशेष आथित्यतामा सम्पन्न भएको दोश्रो बैठकले विविध महत्वपुर्ण निर्णयहरु समेत गरेको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका अनेरास्ववियु केन्द्रिय कमिटी उपाध्यक्ष यम पाण्डेले अबको स्थानीय निर्वाचनमा नेकपा एमालेलाई बिजयी गराउनको लागि संगठनका सबै साथिहरु जिम्मेवारी पुर्वक निर्वाचनमा खट्नको लागि अनुरोध गर्नु भएको थियो। उहाले पार्टिको घोषणा पत्रमा युवा र बिद्यार्थीको लागि आवश्यक कुराहरु समाबेश गर्ने र निर्बाचनको घरदैलो अभियानमा अनेरास्ववियुले गरेका परिवर्तनहरु सबै युवा माझ बुझाउने र नेकपा एमालेलाई बिजयी गराउने कुरा राख्नु भएको थियो ।

बैठकले जसको मतदाता नामवली जहाँ सोही ब्यक्ती त्यही खटेर स्थानीय निर्वाचनमा एमालेलाई बिजयी गराउने कुरा साथै कमिटी का सदस्यहरुलाई निर्वाचन केन्द्रित विभिन्न जिम्मेवारी प्रदान गरेको प्रचार बिभाग प्रमुख प्रकाश पराजुलिले जानकारी गराए।

बैठकमा केन्द्रिय कमिटी सचिवालय सदस्य लेखनाथ खनाल ,रबि सेन्चुरी , केन्द्रिय सदस्यहरु साजन भण्डारी, नवीन थापा सारु ,कृष्ण पौडेल,सन्दिप गुप्ता,प्रबिन गौडेल र जिल्लाका पदाधिकारी तथा सदस्यको उपस्तिथि रहेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत